-->
कालेबुङदेखि कोलकोतासम्म बस सेवा आरम्भ

कालेबुङदेखि कोलकोतासम्म बस सेवा आरम्भ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ  19 जुलाई। कालेबुङदेखि सोझै कोलकता बस सेवा आरम्भ भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकोतामा बुधबार उद्घाटन गरेपछि आजदेखि उक्त बस सेवा सुरु भएको हो। उत्तर बङ्गाल परिवहन निगमको सरकारी बसले कालेबुङबाट दैनिक रूपमा यात्रीहरू बोकेर अब सोझै कोलकोता पुर्‍याउने भएको छ। पहिलोचोटी आजदेखि सुरु भएको कालेबुङदेखि कोलकोता सम्मको बस सेवा सम्बन्धी कालेबुङ डिपो प्रभारी शेखर खातीले जानकारी दिँदै कोलकोताबाट कालेबुङ पनि बस सेवा उपलब्ध रहेको बताएका छन्।

‘कालेबुङदेखि कोलकोता जाने बस सेवा यहाँका मानिसहरूले पाएका छन्। त्यसरीनै कोलकोतादेखि कालेबुङसम्म आइपुग्ने बस सेवा पनि सुरु भएको छ। यहाँका मानिसहरूका निम्ति यो सुखद खबर हो अनि जुन सेवा आजदेखि नै आरम्भ भएको छ’ डिपो प्रभारी शेखर खातीले भने। उनले कालेबुङबाट सुरु भएको बस पूर्णरूपले वाताणकुलित रहेको जानकारी दिँदै उक्त बसले सिलगडी पुर्‍याएपछि त्यहाँबाट भोल्बो बसले यात्रीहरूलाई कोलकोता पुर्‍याउने पनि जानकारी दिएका छन्। उनले कालेबुङबाट यात्रीहरू बोकेर सिलगडीसम्म पुग्ने एसी बसको भाडा 145 रूपियाँ रहेको अनि सिलगडीबाट कोलकोता जाने बसको भाडा 1305 रूपियाँ रहेको पनि जानकारी दिएका छन्।  

0 Response to "कालेबुङदेखि कोलकोतासम्म बस सेवा आरम्भ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.