-->
जमीनको पट्टा लिनुअपर्ने सञ्चबीर सुब्बाले गरे आह्वान

जमीनको पट्टा लिनुअपर्ने सञ्चबीर सुब्बाले गरे आह्वान

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । सरकारले वितरण गरिरहेको पर्जापट्टा जनसाधारणले ग्रहण गर्नुपर्ने जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका सदसय सञ्चबीर सुब्बाले बताएका छन्। उनले आज एक पत्रकार सम्मेलनलको आयोजना गरेर निजो गृह निजो भूमि योजना अन्तर्गत पाउने पट्टा लिनु आवश्यक छ भन्ने मानिसहरू अन्योलता पर्न नहुने आह्वान गरेका छन्। उनले यो एउटा सरकारी सहुलियत रहेको भन्दै यस्तो सहुलियत मानिसहरूले लिनुपर्ने उनले आह्वान गरेका हुन्। 
‘अहिले पर्जा पट्टालाई लिएर मानिसहरूमा कतिपय अन्योलता छाएको छ। एकातिर फरेस्ट राइट एक्टको कुरा छ, जुन फरेस्ट राईट एक्टले सर्वभारतीय मानिसहरूलाई दिएको कानुनी अधिकार हो। अर्कोतर्फ निजो गृह निजो भुमी योजनाको कुरा छ। जुन कुरालाई मानिसहरूले स्पष्ट बुझ्न आवश्यक छ’ सञ्चबीर सुब्बाले भने। उनले निजो गृह निजो भूमी योजना अन्तर्गत जुन व्यक्तिको आफ्नो घर घडेरी भएर पनि जमिनको पट्टा छैन त्यस्ता व्यक्तिहरूलाई निजोगृह निजो भूमी योजना अन्तर्गत पट्टा दिइने कार्य चलेको बताउँदै उक्त पट्टा जनताले स्वीकार गर्नुपर्ने आह्वान गरेका छन्। 
यस योजना अन्तर्गत सरकारले एकदेखि पाँच डेसिमल जमिन दिने व्यवस्था रहेको भन्दै कतिपय मानिसहरूले यस्ता पट्टा लिन्न भनिरहेको सुन्नमा आएको बताउँदै पट्टा लिनु आवश्यक रहेको उनको भनाई रहेको छ। उनले जमीन विविधप्रकारको भएको कारण सम्पूर्ण जमीनहरूको जाँच गरेर मात्रै सरकारले पट्टा दिने व्यवस्था गरिरहेको पनि उनले बताएका छन्। 
मानिसहरूले आफ्ना घडेरीको जमिन लिनु आवश्यक रहेको भन्दै अहिलेसम्म पट्टा बिनै बस्ने मानिसहरूका निम्ति यो एउटा महत्वपूर्ण दस्तावेज हुने पनि सुब्बाले दाबी गरेका छन्। यसक्रममा उनले कतिपय मानिसहरूले पाएको अधिकारलाई फर्काउने कुरा गरिरहेको जानकारी आफूलाई प्राप्त भएको बताउँदै मानिसहरूलाई यस प्रकारको गलत कदम नउठाइदिने सुझाव पनि दिएका छन्।

0 Response to "जमीनको पट्टा लिनुअपर्ने सञ्चबीर सुब्बाले गरे आह्वान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.