डी.के.वाइबा, कालिमन्युज, कालेबुङ , 23 जुन। प्रगतिशील लेखक कलाकार सङ्घको आयोजनामा आज फरक शिविरको छैटौँ प्रकरण सम्पन्न भएको छ। गोर्खा दुख निवारक सम्मेलन भवनमा सम्पन्न भएको कार्यक्रममा कवि हेमचन्द्र सुब्बाको कविता कृति ‘सरकारी जुत्ता’को लोकार्पण गरिएको थियो भने कवि पुकार पारदर्शीको ‘हल्लुँड’ कविता कृतिमाथि विमर्श सम्पन्न भएको थियो। कार्यक्रमको पहिलो चरणमा कथाकार शमसेर अलि, कवि सुधिर छेत्री, टिका भाइ, कुमार चामलिङ, मणिकुमार सुब्बा, प्रकाश भुषाल, आदिको बाहुलिबाट कवि हेमचन्द्र सुब्बाको पहिलो कवि कृति सरकारी जुत्ताको लोकार्पण गरिएको थियो। यस अवसरमा कथाकार समशेर अलिले उक्त कृतिमाथि आफ्नो सम्बोधन राखेका थिए। यसैक्रममा कवि सङ्गीत नेम्वाङले पुकार पारदर्शी कृत हल्लुँड कविता सङ्ग्रहमाथि आफ्नो बिचार राखेका थिए भने दोस्रो चरणमा भने उक्त कृतिमाथि विमर्श कार्यक्रम सम्पन्न भएको थियो। विमर्श कार्यक्रममा कृतिकार पुकार पारदर्शीसँगै कवि टिका भाई अनि दिनेश खड्का सहभागी बनेका थिए।
0 comments: on "फरक शिविरको छैटौँ प्रकरणमा ‘सरकारी जुत्ता’को लोकार्पण"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews. It is published simultaneously in this site as well as http://kalimpongnews.net.
Please be decent while commenting and register yourself with your email id. Your id will be kept secret, as far as practicable.