-->
मुख्यमन्त्रीको सुरक्षार्थ खटाइएका पुलिसकर्मीहरू बस दुर्घट्नामा घाइते

मुख्यमन्त्रीको सुरक्षार्थ खटाइएका पुलिसकर्मीहरू बस दुर्घट्नामा घाइते


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ,  1 जुन।  मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ आएको समय सुरक्षाका निम्ति ल्याइएका पुलिसकर्मीहरू आज उत्तर दिनाजपुर फर्कनेक्रममा बस दुर्घट्नामा परेका छन्। कालेबुङ शहरदेखि 9 किलोमिटर टाडो 3 माइल फाटकमा पुलिस कर्मीहरू सवार रहेको डब्ल्युबी 59 -8728 बस कालेबुङबाट सिलगडीतर्फ जानेक्रममा दुर्घट्ना भएको हो। दुर्घट्नाको कारण बसमा सवार रहेका अधिकांश पुलिसकर्मीहरू घाइते भएका छन् भने 8 जनालाई तत्काल उद्धार गरेर सिलगडी पठाइएको छ।

घटनाअवधि बसमा 36 जना पुलिसहरू सवार रहेका थाह लागेको छ। उनीहरू सबै मुख्यमन्त्रीको कार्य समापन भएर उत्तर दिनाजपुर फर्कने क्रममा दुर्घट्नामा परेका हुन्। दुर्घट्नापछि तत्कालै स्थानीय मानिसहरूको सहयोगमा उनीहरूलाई उद्घार गर्ने कार्य गरिएको थियो।

कालेबुङबाट पुलिसकर्मी लिएर हिँडेको उक्त बस 3 माइल फाटकमा पुगेपछि अचानक पल्टिन पुगेको थियो। समतलबाट आएका चालकले पहाडको बाटोमा अनुभव नभएको कारण अचानक नियन्त्रण हराउँदा उक्त दुर्घट्ना भएको दुर्घट्नामा घाइते बनेकाहरूले बताएका छन्। प्राप्त जानकारी अनुसार बसमा उक्त समय चालक बाहेक 35 जना पुलिसहरू सवार रहेका थिए। जसमध्ये 8 जना तत्कालै सिलगडी लगिएको थियो भने 14 जनालाई कालेबुङ जिल्ला अस्पतालमा उपचारार्थ लगिएको थियो। कालेबुङ अस्पतालमा ल्याइएका घाइतेहरू मध्ये पनि दुईजनलाई पछिबाट सिलगडी रेफर गरिएको छ। माथिबाट तिब्र गतिमा गुडीरहेको बसलाई फाटकमा चालकले पूर्णरूपले घुमाउन नसकेपछि ब्रेक लगाउँदा बाहन सडकमानै पल्टिन पुगेको हो। वाहन पल्टेर तल्लो भागमा रहेको प्यारापेटमा ठोक्किन्दा मानिसहरू घाइते बनेका हुन् भने सोही प्यारापेटले बाहनलाई बाटोमुनि झर्नबाट बचाँएको छ।

0 Response to "मुख्यमन्त्रीको सुरक्षार्थ खटाइएका पुलिसकर्मीहरू बस दुर्घट्नामा घाइते"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.