-->
गोजमुमो बनाम गोरामुमो पार्टीको पोस्टर युद्ध

गोजमुमो बनाम गोरामुमो पार्टीको पोस्टर युद्ध

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, मई। गोजमुमो बनाम गोरामुमो पार्टीको वाक युद्धसँगै पोस्टर युद्ध पनि सुरु भएको छ। गोरामुमो पार्टीका प्रवक्ता निरज जिम्बाले ‘जीटीए हटाउ दागोपाप फर्काउ’ जस्ता नारा दिएपछि सुरु भएको वाक युद्ध पोस्टर युद्धमा समेत पुगेको छ। जिम्बाले लगाएका विभिन्न आरोपहरूको विरोध गर्दै गोजमुमो पार्टीले विभिन्न ठाउँहरूमा पोस्टरिङ गरेको थियो भने यता गोजमुमोको पोस्टरको विरुद्ध गोरामुमोले पनि पोस्टर नै टाँसेको छ। विशेष गरेर अहिले कालेबुङ शहरको मुटु मानिने डम्बर चौकमा गोजमुमो अनि गोरामुमो पार्टीको पोस्टर युद्ध सुरु भएको छ। गोजमुमोले टाँसेका पोस्टरकै नजिक गोरामुमोले आज पोस्टर टाँसेर पोस्टर युद्ध छेँडेको छ।
शहरमा पोस्टरिङ पछि गोरामुमो कालेबुङ शहर जोनका प्रमुख प्रविण शाक्याले दागोपाप जीटीए भन्दा धेरै क्षमतावान भएको दाबी गरेका छन्। यसभन्दा अघि गोजमुमो नेताहरूले जीटीएलाई दागोपाप भन्दा क्षमतावन भनि बयान दिएको भन्दै उनले दागोपापलाई राज्य बिधानसभामा पारित गरेर संवैधानिक बनाइएको भन्दै जीटीए कुनै पनि रद्द गरिन सक्ने व्यवस्था रहेको दाबी गरेका छन्। ‘जीटीए ममता ब्यानर्जीको कम्पोज हो। जसलाई पिन्टेल भिलेजमा बनाइएको हो। यो कुनै पनि समय खारेज गर्न सकिन्छ। तर दागोपाप विधानसभामा पारित गरेर बनाइएको संवैधानिक व्यवस्था हो’ प्रविण शाक्यले भने। उनले जीटीएलाई गोर्खाल्याण्ड सम्म पुग्ने सिँढी भनिएको भन्दै त्यहीँ जीटीएको खेस्रा जलाउनेहरू आज चौकिमा बसेको पनि बताएका छन्।
अर्कोतर्फ गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ जिल्ला समितिका अध्यक्ष सन्तोष राईले गोरामुमोलाई 21 वर्षसम्म भ्रष्टचार गर्‍यो भन्ने आरोप लगाउने कार्य गरेको भन्दै यदि 21 वर्षमा जनताको निम्ति गरेका राम्रा कार्यहरूलाई भ्रष्टचार भन्छन् भने आफुहरू भ्रष्टचारी हुन् भनि बताएका छन्। उनले अब गोर्खाहरूको दिर्घकालिन समस्या समाधानको निम्ति राजनीति गर्नुपर्ने भन्दै गोजि भर्ने राजनीति नगर्ने सुझाव पनि दिएका छन्। ‘हामी दिर्घकालिन समाधान चाहन्छौँ। गोजी भर्ने राजनीति गर्ने कार्य बन्द गर्नुपर्छ’ सन्तोष राई गोजमुमो पार्टीप्रति कटाक्ष गर्दै भने।

0 Response to "गोजमुमो बनाम गोरामुमो पार्टीको पोस्टर युद्ध"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.