-->
कामी बिकास बोर्डका अध्यक्ष-उपाध्यक्ष बिरुद्ध ब्यापक पोस्टरिङ

कामी बिकास बोर्डका अध्यक्ष-उपाध्यक्ष बिरुद्ध ब्यापक पोस्टरिङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 27 मई। कामी विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्ष विरुद्ध आज ब्यापक पोस्टरिङ गरिएको छ। कामी समुदायका मानिसहरूले कालेबुङ शहरको डम्बर चौक, महकुमा अधिकारीको कार्यालय परिसर हुँदै विभिन्न स्थानहरूमा पोस्टरिङ गरेको छ। अघिदेखिनै बोर्डका अध्यक्ष अनि उपाध्यक्ष विरुद्ध व्यापक भ्रष्टचारका आरोप लगाउनेहरूले नै उक्त पोस्टरिङ गरेको हो। मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनलाई केन्द्रमा राखेर उनीहरूले ब्यापक रूपले उक्त पोस्टरिङ गरेको हो।

बोर्डका अध्यक्ष अनि उपाध्यक्ष विरुद्ध भ्रष्टचारको आरोप लगाउँदै शहरको विभिन्न ठाउँहरूमा पोस्टरिङ गरेपछि पछिबाट केही मानिसहरूले उक्त पोस्टरहरू च्यातेर फ्याँक्ने कार्य गरेको थियो। लगाइएका पोस्टरहरू च्यातेर फ्याँकेको थाह पाएपछि पुन: पोस्टर टाँस्नेहरू डम्बर चौकमा आइपुगेका थिए। त्यसबेलासम्म पोस्टर च्यात्ने मानिसहरू भने त्यहाँबाट अन्यत्र गइसकेको थियो। उनीहरूको पोस्टर च्यातेका ठाउँहरूमा पुन: पोस्टर टाँसेर बिरोध गरेका छन्। बोर्डका अध्यक्ष अनि उपाध्यक्षले ब्यापक भ्रष्टचार गरेको आरोप लगाउँदै उनीहरूलाई पदबाट झट्टै निस्काशन गर्नुपर्ने पनि उक्त पोस्टरमा माग गरिएको छ।

यस सम्बन्धमा कामी बोर्डकै सदस्य सुबोध खातीले बोर्डका अध्यक्ष अनि उपाध्यक्षले ब्यापक भ्रष्टचार गरेको कुरा दोहोर्‍याएका छन्। आफुहरूले मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष बोर्डमा भइरहेका भ्रष्टचारको सन्देश पुर्‍याउन यसरी पोस्टर टाँस्ने कार्य गरेको पनि सुबोध खातीले बताएका छन्। मुख्यमन्त्रीले भ्रष्टचारबारे थाह पाउँछ भन्ने डरले टाँसेका पोस्टरहरू च्यात्ने कार्य गरेको आरोप लगाउँदै सुबोध खातीले जनताको पैसा भ्रष्टचार गर्नेहरूलाई कार्वाही गर्नुपर्ने माग गरेका छन्। ‘हामीले दुईमहिना अघिदेखि नै भ्रष्टचारबारे पत्रचारहरू गरिसकेका छौँ। मुख्यमन्त्री ममता ब्यानर्जीदेखि मुख्यसचिव समेतलाई पत्रचार गरेका छौँ। यद्यपी हामीलाई कुनै पत्रको जवाब आएको छैन। यसैकारण मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ आउँदा यी जम्मे कुरा थाह पाओस् भनेर पोस्टरिङ गरेका हौँ’ सुबोध खातीले भने। उनले टाँसेका पोस्टरहरू च्यात्नु दुर्भाग्यपूर्ण हो भन्दै भ्रष्टचार गर्नेहरूले नै आफ्नो पोल खोलिने डरले पोस्टर च्यातेको उनले आरोप लगाएका छन्।

0 Response to "कामी बिकास बोर्डका अध्यक्ष-उपाध्यक्ष बिरुद्ध ब्यापक पोस्टरिङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.