-->
अस्पतालका डाक्टरलाई हातपाई; विरोधमा ओपीडी बन्द

अस्पतालका डाक्टरलाई हातपाई; विरोधमा ओपीडी बन्द

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 मई। केही मानिसहरूले कालेबुङ जिल्ला अस्पतालका डाक्टरलाई हातपाई गरेपछि अस्पतालका कर्मीहरूले विरोधमा ओपीडी बन्द गरेका थिए। उक्त घट्ना आज दिउँसो लगभग 11:30 बजेतिर भएको हो। 
प्राप्त जानकारी अनुसार जिल्ला अस्पतालका डा. अभिषेक गौतम वाहनमा चडेर आफ्ना कार्यमा जाँदै गर्दा पछिबाट आइरहेको एउटा वाहनले कालेबुङ गर्ल्स हाइ स्कुल नजिकमा पास मागेको थियो। बाटो साँघुरो रहेको कारण उनले पछिबाट आएका वाहनलाई पास दिन नसकेपछि सोझै अस्पतालमा पुगेका थिए। 
अस्पताल पुगेपछि उनी वाहनबाट ओर्लन नपाई पछिबाट आएका वाहनमा सवार युवाहरूले उनीमाथी अचान कुटपिट गर्न थालेका थिए। त्यसपछि अस्पताल परिसरमा हल्ला मच्चिएपछि अस्पतालका कर्मचारीवर्गले ओपीडी बन्द गरेर विरोध सुरु गरेको हो। अस्पतालका कर्मीहरूले ओपीडी बन्द गरेपनि आपतकालिन सेवा भने सुचारू नै रहेको थियो। उक्त घट्नाबारे कालेबुङ थानामा लिखित जानकारी दिइएको अस्पताल पक्षबाट डा. पी विश्वासले जानकारी दिएका छन्। यसक्रममा उनले पिडीतलाई न्याय दिलाउन अरोपीहरू विरुद्ध उचित कार्वाही गर्नुपर्ने माग पनि गरेका छन्। यता डाक्टरलाई कुटपिट गर्ने आरोपीहरूले अस्पतालमा हो-हल्ला मच्चिएपछि चम्पट कसे भने समचार लेखुञ्जेलसम्म पुलिसले पक्राउ गरेको छैन।

0 Response to "अस्पतालका डाक्टरलाई हातपाई; विरोधमा ओपीडी बन्द"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.