-->
मुख्यमन्त्रीलाई जीटीए र तृणमूल कङ्ग्रेसले संयुक्त स्वागत गर्ने

मुख्यमन्त्रीलाई जीटीए र तृणमूल कङ्ग्रेसले संयुक्त स्वागत गर्ने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 24 मई। मुख्यमन्त्री ममता ब्यानर्जीलाई जीटीए अनि हिल तृणमूल कङ्ग्रेसले संयुक्त रूपमा स्वागत गर्ने निर्णय लिएको छ। हिल तृणमुल कङ्ग्रेसका अध्यक्ष एल.बी राई अनि जीटीए उपाध्यक्ष अनित थापामाझ डेलोमा बसेको वैठकले उक्त निर्णय लिएको एल.बी राईले जानकारी दिएका छन्। ‘पहाडमा शान्ति ल्याउनका निम्ति सबैले कोशिस गरेको छ। जीटीएसँग हामी जतिपनि कामकुरो हुन्छ ती सबै संयुक्त रूपमा मिलेर गर्छौँ। उहाँहरूसँग मुख्यमन्त्रीलाई कसरी स्वागत गर्ने भन्ने विषयमा वैठकमा चर्चा गर्‍यौँ। हामीले वैठकमा मिलेर स्वागत गर्ने निर्णय लिएका छौँ’ हिल तृणमूल अध्यक्ष एल.बी राईले भने। वैठकमा अन्य विषयहरूमा पनि चर्चा भएको बताउँदै अन्य बिषयहरूबारे पछि चर्चा गर्ने उनले बताएका छन्।

अर्कोतर्फ अहिलेघरी पहाडमा राजनैतिक शक्ति बृद्धि गर्नलाई गोजमुमो अनि हिल तृणमूल कङ्ग्रेसले आ-आफ्नै प्रकारले सङ्गठन बिस्तारको क्रमलाई तिब्रता दिइरहेको छ। यस्तो अवस्थामा दुईवटा भिन्न भिन्नै राजनैतिक दलमाझ द्वन्द्वको सम्भावनाबारे प्रश्न गर्दा राईले प्रजातन्त्रमा सबैले राजनीति गर्ने अधिकार भएको बताउँदै आफुहरूले आफ्नै तरिकाले सङ्गठन बिस्तारको क्रम अघि बडाउँने बताएका छन्। यसक्रममा उनलाई जीटीए चुनावबारे प्रश्न गर्दा चुनावबारे कुनै जानकारी नभएको बताउँदै राजनीति केवल चुनावका निम्ति गर्नु ठुलो कुरा नरहेको बताएका छन्। ‘चुनावको निम्ति मात्र सङ्गठन गर्नु होइन। हामीले यहाँको बिकासका कार्यहरू गर्नुछ। अन्य धेरै कार्यहरू गर्न बाँकी छन्। यदि हामीले राम्रोसँग काम गर्‍यौँ भने चुनाव त जितिहाल्नेछौँ’ एल.बी राईले भने।

उनले पहाडमा शान्ति र बिकास ल्याउन आवश्यक रहेको भन्दै सबै मिलेर एकसाथ बिकास गर्नु राम्रो कार्य रहेको बताएका गरेका छन्। पत्रकारहरूसँग बोल्दै पहाडमा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसन बनिएपछि धेरै बिकास कार्यहरू भइरहेको दाबी गर्दै राईले अझ धेर बिकास कार्यहरू हुने दाबी पनि गरेका छन्।

अर्कोतर्फ कालेबुङ आइपुगेका हिल तृणमूल अध्यक्ष एल.बी राईले आज आफ्ना पार्टी कार्यकर्ताहरूसँग पनि वैठक गरेका थिए।  यस अवसरमा हिल तृणमूल नेत्री एवम् राज्यसभा सांसद शान्ता छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो। वैठकमा सङ्गठन विस्तारको क्रम सँगै मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत कसरी गर्नपर्ने भन्ने बिषयमा पनि चर्चा भएको थियो। यसक्रममा राज्यसभा सांसद शान्ता छेत्रीले कालेबुङ आइपुगेका एल.बी राईलाई पार्टीको गतिविधिवारे रिपोर्ट सुम्पिएर चर्चा गरिने जानकारी दिएकी छन्।

0 Response to "मुख्यमन्त्रीलाई जीटीए र तृणमूल कङ्ग्रेसले संयुक्त स्वागत गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.