-->
ब्यापारी सङ्गठनका अध्यक्षले अवैद्य राशन दोकान चलाएको माकपा नेता तारा सुन्दासको आरोप..... सुन्दासले लगाएका आरोपहरू सबै झुटो हुन्- ए.डी सिंह

ब्यापारी सङ्गठनका अध्यक्षले अवैद्य राशन दोकान चलाएको माकपा नेता तारा सुन्दासको आरोप..... सुन्दासले लगाएका आरोपहरू सबै झुटो हुन्- ए.डी सिंह

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 23 मई। कालेबुङ शहरको डीएस गुरुङ रोडमा अवस्थित ए.डी अर्केडको नाउँमा रहेको राशन दोकान ए.डी सिंहले चलाउँदै आएको आरोप लगाउने तारा सुन्दासले पुन: एकचोटी ए.डी सिंह प्रति जनतालाई राशन पूर्णरूपले नदिएको खुलासा गरेका छन्। गतवर्ष छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पहाडका राशन दोकानहरू बन्द भएको कारण पछिबाट पश्चिम बङ्गाल सरकारले जनताली दोब्बर राशन दिने घोषणा गरे पनि उक्त राशन दोकानले भने जनतालाई दोब्बर राशन नदिएको सुन्दासले खुलासा गरेका छन्। 
ए.डी अर्केडको नाउँमा रहेको राशन दोकानलाई अवैद्य तरिकाले सञ्चालन गर्ने ए.डी सिंहले जनतालाई 10 क्विन्टल चामल अनि 8 क्विन्टल आँटा सही ढङ्गले वितरण नगरेको दाबी गर्दै विभागीय अधिकारीवर्गले जाँच गरेर उक्त राशन दोकानलाई केही समय सम्मका निम्ति बन्द गरिदिएको सुन्दासले दाबी गरेका छन्। ‘ममता ब्यानर्जीले पहाडमा 105 दिन बन्द हुँदा राशन पाएन भनेर डबल राशन दिने निर्देश जारी गर्‍यो। तर, एडी सिंहले हाम्रो दाजु भाईले पाउनुपर्ने राशन दिएन जसको कारण विभागले कारण बताउ नोटिस जारी गर्दै दुई सप्ताहसम्म राशन दोकान बन्द गरेको हो’ तारा सुन्दासले बिभागले पठाएको पत्र सार्वजनिक गर्दै भने।

कालेबुङ ब्यापारी सङ्गठनका अध्यक्ष समेत रहेका ए.डी सिंहले सञ्चालन गरेको राशन दोकान अवैद्य रहेको ठोकुवा गर्ने सुन्दासले यदि आफ्नो आरोप गलत हो भनि आफुलाई कानुनी कार्वाही गर्नसक्ने चेतावनी पनि दिएका छन्। यसभन्दा अघि सुन्दासले लगाएको आरोप गलत हो भन्दै सिंहले एक प्रेस बयान दिएको बताउँदै सोही प्रेस बयानामा उनले एडी अर्केडको नाउँमा रहेको राशन दोकान विभागलाई समर्पण गरिदिने दाबी गरेको पनि सुन्दासले बताएका छन्।

‘जसले राशन दोकान पाएको छ त्यो कसैले आफुखुशी साट्न पाउँदैन। सरकारले प्रकाशित गरेको अधिसूचनामा यसबारे स्पष्ट लेखिएको छ। यदै कसैले सञ्चालन गर्न सक्दैन भने त्यसको जानकारी विभागलाई दिनुपर्छ अनि विभागले यसबारे जाँच गरेर कोलकोता पठाएपछि मात्र उक्त राशन दोकान कसलाई दिनुपर्ने निर्णय लिने अधिसूचनामा लेखेको छ’ तारा सुन्दासले ब्यापारी सङ्गठनका अध्यक्ष ए.डी सिंहले राशन दोकान अवैद्य तरिकाले सञ्चालन गरिरहेको दाबी गर्दै अझ भने। यसक्रममा उनले 8 अगस्त 2013 का दिन पश्चिम बङ्गाल सरकारले प्रकाशित गरेको कोलकोता ग्याजेट नोटिफिकेसनको प्रतिलिली समेत देखाए।

अर्कोतर्फ सुन्दासले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा जेल गएका मानिसहरूलाई राश्न दिए उचित हुनेथियो भन्दै शुन्य शत्रुको सिद्धान्तमा काम गर्दै भ्रष्टचारमुक्त शाषण गर्छु भन्ने गोजमुमो अध्यक्ष बिनय तामाङले जनताको निम्ति आएको चामल अनि आँटा नदिने विरुद्ध के कार्वाही गर्ने भनि प्रश्न गरेका छन्। उनले जनताको नाउँमा आएका राशनका चामल आँटा नदिने व्यक्तिहरूलाई जीटीएले कार्वाही गर्नुपर्ने पनि माग गरेका छन्।

माकपा नेता तारा सुन्दासले लगाएका आरोपहरूबारे यता ए.डी सिंहलाई सम्पर्क गरेर जान्न चाहँदा उनले उक्त सम्पूर्ण आरोपहरू झूटो रहेको दाबी गरेका छन्। 
‘ए.डी अर्केडको नाउँमा रहेको राशन दोकान मेरो दिदीको नाउँमा छ। उनी एङ्ग्लो इन्डियन सँग बिहे भएपछि ए.डी अर्केड भएकी हुन्। यो मैले अवैद्य तरिकाले सञ्चालन गरेको आरोप झुटो हो’ ए.डी सिंहले स्पष्टिकरण दिँदै भने। 
अर्कोतर्फ यता जनतालाई नियमित राशन बितरण नगर्नुको साथै आन्दोलनको कालको दोब्बर राशन जनतालाई वितरण नगरेको आरोप पनि झुटो रहेको उनले दाबी गरेका छन्। जनताको निम्ति आएको राशनको चामल 10 क्विन्टल अनि आँटा 8 क्विन्टल वितरण गरेन भनि विभागीय अधिकारीवर्गले जाँच गरेर कारण बताउ नोटिस जारी गरेको कुरालाई उनले स्वीकार गर्दै जाँचको दिन विभागीय अधिकारीवर्ग आउँदा आफुले रेजिस्टरमा सम्पूर्ण विवरण लेखेको नपाएपछि उक्त नोटिस जारी गरेको उनले दाबी गरेका छन्। 
‘विभागका अधिकारीहरू जाँचको दिन आउँदा मैले अघिल्लो दिनसम्मका सबै हिसाबहरू लेखेर राखेको थिएँ। त्यसदिनको हिसाब लेख्न भ्याएको थिइन। सोहीकार्ण नोटिस जारी गरेको हो। पछिबाट स्पष्टिकरण दिएको छु’ उनले अझ भने। यसक्रममा उनले आफुलाई तारा सुन्दासले लगाएका सम्पूर्ण आरोपहरू झुटो रहेको प पुन: दोहोर्‍याएका छन्।

0 Response to "ब्यापारी सङ्गठनका अध्यक्षले अवैद्य राशन दोकान चलाएको माकपा नेता तारा सुन्दासको आरोप..... सुन्दासले लगाएका आरोपहरू सबै झुटो हुन्- ए.डी सिंह "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.