-->
अनित थापाको उपस्थितिमा शिल्यान्यास कार्यक्रम सम्पन्न

अनित थापाको उपस्थितिमा शिल्यान्यास कार्यक्रम सम्पन्न

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 22 मई। जीटीए उपाध्यक्ष अनित थापाको उपस्थितिमा अलगडा दलपचन्द समष्टिका मोठ 5 वटा विकास कार्यहरूको एकैसाथ शिल्यान्यास गरिएको छ। यहाँको 14 माइल स्थित दलपचन्दमा आयोजित एक कार्यक्रमबाट उक्त कार्यहरूको एकैसाथ शिल्यान्यास गरिएको हो। यस अवसरमा जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसनका सदस्य सञ्चबीर सुब्बा पूर्व सभासद तथा गोजनामो जिल्ला प्रभारी कल्पना तामाङ, अलगडा अभियन्ता विभागकका कार्यकारी अभियन्ता अनिल छेत्री आदिको विशेष उपस्थिति रहेको थियो।
राई गाउँदेखि लोवर विद्याङसम्म जाने 3 किलोमिटर सडकदलपचन्ददेखि क्याप्टन गाउँसम्म पुग्ने 7 सय मिटर सडकहिमुल डायरीदेखि दाहाल गाउँसम्म पुग्ने 1.25 किलोमीटर सडकघिमिरे गोलाइदेखि थापा गाउँसम्म पुग्ने 2.50 किलोमीटर सडक अनि चार माइल लाभा रोड पाकथाङदेखि रेली पीएचई पम्प हाउससम्मको सडक निर्माणको कार्यको आज एकसाथ शिल्यान्यास कार्यक्रम गरिएको हो। उक्त पाँचवटा शिल्यान्यास गरिएको कार्यहरूका निम्ति मोठ 7 करोड 12 लाख 17 हजार 1 सय 77 रूपियाँ अनुमोदन गरिएको छ।
शिल्यान्यास कार्यक्रममा मुख्यरूपले सहभागी बन्न जीटीए उपाध्यक्ष अनित थापा पुगे पनि उनले जनतालाई सम्बोधन भने गरेनन्। यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व सभासद एवम्  नारी मोर्चा जिल्ला प्रभारी कल्पना तामाङले जीटीए अध्यक्ष तथा उपाध्यक्षप्रति उक्त बिकास कार्यहरूका निम्ति आभार प्रकट गरेकी छन्। गाउँ बस्तीका मानिसहरू आजसम्म पैदल हिँडेर सब्जी, दूधा आधिको ब्यापार कालेबुङ बजारमा लगेर गर्दै आएपनि अब उसो भने क्षेत्रका कृषकवर्गले राहत पाउने तामाङले दाबी गरेकी छन्। ‘गाउँबाट सब्जिको भारी बोकेर सडकमा पुग्नपर्थ्यो। अब यहाँ बाटो बनिएपछी त्यो समस्याबाट छुटकारा पाउनेछौँ’ कल्पना तामाङले भनिन्।

0 Response to "अनित थापाको उपस्थितिमा शिल्यान्यास कार्यक्रम सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.