-->
2 सय भन्दा अधिकले समाए तृणमूल कङ्ग्रेसको झण्डा  .....शान्ति र गणतन्त्र नै पहिलो मुद्दा – शान्ता छेत्री

2 सय भन्दा अधिकले समाए तृणमूल कङ्ग्रेसको झण्डा .....शान्ति र गणतन्त्र नै पहिलो मुद्दा – शान्ता छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ,3 मई। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको असफलता पछि अहिले पाहाडमा राजनैतिक दल परिवर्तनको हावा चल्न सुरु भएको छ। राजनैतिक दल परिवर्तनको क्रममा आज कालेबुङका विभिन्न स्थानहरूबाट 2 सय भन्दा अधिक मानिसहरूले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्। विभिन्न राजनैतिक पार्टीका 2 सय भन्दा अधिक मानिसहरूलाई राज्यसभा सांसद एवम् तृणमूल नेत्री शान्ता छेत्रीको बाहुलीबाट तृणमूल कङ्ग्रेसको झण्डा प्रदान गरिएको हो। तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गर्नेहरूमा अधिकांश गोजमुमो विमल गुरुङ पन्थीहरू रहेका थिए। जिल्ला युवा तृणमूल काङ्ग्रेसको आयोजनामा यहाँको टाउन हलमा आयोजित कार्यक्रममा नयाँ समर्थकहरूलाई राज्यसभा सांसद शान्ता छेत्रीले झण्डा प्रदान गरेकी हुन्।
‘कालेबुङका मोठ 2 सय भन्दा अधिक युवाहरू आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूल कङ्ग्रेसमा अहिलेघरी विभिन्न राजनैतिक दलका कार्यकर्ताहरू सामेल हुने क्रम जारी रहेको छ अनि अझै यो क्रम बडेर जानेछ’ राज्यसभा सांसद एवम् तृणमूल नेत्री शान्ता छेत्रीले भने। उनले आफु गत 27 मार्चदेखि कालेबुङ आइरहेको बताउँदै कालेबुङका विभिन्न ठाउँहरूबाट पनि वितेको केहि दिनमा तृणमूल कङ्ग्रेसमा मानिसहरू सामेल भएको दाबी गरेकी छन्। यसक्रममा उनले अझ भनिन्- ‘कालेबुङबाट मात्र नभएर दार्जीलिङ, खर्साङ लगायत अन्य ठाउँहरूबाट पनि गोजमुमो, जाप अनि गोरामुमो पार्टीका समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल भइररहेका छन्।’
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा तृणमूल कङ्ग्रेसले शान्ति र गणतन्त्रमा विश्वास राख्ने गरेको कारण शान्ति र गणतन्त्र नै पहिलो मुद्दा रहेको पनि बताएकी छन्। उनले शान्ति र गणतन्त्र आफुहरूको पहिलो मुद्दा भने पनि यसभन्दा अघि नै गोजमुमो पार्टीका बिनय तामाङ अनि अनित थापाहरूले पहाडमा शान्ति स्थापना गरेको दाबी गरिरहेका छन्। यस्तो अवस्थामा तृणमूल कङ्ग्रेसलाई शान्ति स्थापनाको निम्ति राजनीति गर्न किन आवश्यक्ता पर्‍यो भनि प्रश्न गर्दा उनले राजनीति गर्ने सबैको गणतान्त्रिक अधिकार रहेको बताएकी छन्। ‘गणतन्त्रमा सबैलाई आ-आफ्नो राजनीति गर्ने अधिकार छ। गणतन्त्रमा राजनीति गर्ने सबैलाई अधिकार भएकै कारण हामी आफ्नो मुद्दा लिएर सङ्गठन विस्तार गरिरहेका छौँ’ शान्ता छेत्रीले भने। यसक्रममा उनले तृणमूल कङ्ग्रेसमा सामेल हुन चाहनेहरूले पार्टीप्रति आस्था राखेको कारण नै पार्टीमा सामेल हुन क्रम जारी रहेको बताएकी छन्।
अर्कोतर्फ अहिलेघरी जीटीएको चुनाव नगरी राज्य सरकारले विनय तामाङलाई सत्तामा राखेपछि अन्य राजनैतिक दलहरूले चुनाव गर्नुपर्ने माग गर्न थालेको छ। यसबारे शान्ता छेत्रीलाई प्रश्न गर्ना उनले पनि गणतन्त्रमा चुनाव हुन आवश्यक रहेको बताएकी छन्। यद्यपी यसबारे सरकारले नै निर्णय लिने भएको कारण आफुले कुनै टिप्पणी गर्न नसक्ने बताएकी छन्। ‘जनताको सुविधाका निम्ति चुनाव हुन आवश्यक छ’ छेत्रीले भनिन्। अर्कोतर्फ उनले पञ्चायत चुनाव समेत हुन आवश्यक रहेको बताइन्।
अर्कोतिर गोजमुमो पार्टी त्यागेर तृणमूलको झण्डा ग्रहण गर्ने सुमन गुरूङले अहिलेसम्म आन्दोलन गरेर केहि फल प्राप्ति नभएको अनि सरकारसित मिलेर कार्य गरे मात्र असल हुने कुरा जानेर नै तृणमूललाई समर्थन जनाएको बताएका छन्। ‘आज लगभग हामी 2 सय जना युवा मोर्चा कार्यकर्ताहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छौँ। विगतको दिनमा भएको आन्दोलनले कुनै उपलब्धि ल्याउन सकेन। यसकारण युवाहरूले लडेर होइन मिलेर कार्य गर्नुपर्छ भन्ने सोंच आएपछि आज हामीले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका हौँ’ सुमन गुरुङले भने। उनले पत्रकारहरूसँग बोल्दै युवा मोर्चाका अन्य कार्यकर्ताहरू पनि तृणमूल कङ्ग्रेसमा सामेल हुन तयार रहेको भन्दै उनीहरूले पनि चाँडै झण्डा ग्रहन गर्ने जानकारी दिएका छन्। उनले तृणमूल अकङ्ग्रेसको झण्डा ग्रहण गर्नेहरू मध्ये 80 प्रतिशत विमल गुरुङको समर्थनमा भागेर बसेका युवाहरू रहेको भन्दै 10 प्रतिशत भने विनय तामाङसलाई समर्थन गर्नेहरू रहेको दाबी गरेका छन्।
यता पत्रकारहरूलाई सम्बोधन गर्दै तृणमूल जिल्ला युवा अध्यक्ष प्रणय थुलुङले पहाडमा 20 दिन अघि मात्रै पार्टी बिस्तार गर्ने हाईकमाण्डको निर्देश आएपछी आफुहरू सङ्गठन बिस्तारको कार्यमा लागिपरेको जानकारी गराएका छन्। उनले पहाडमा तृणमूल कङ्ग्रेसले झुटको राजनीति नगरेको भन्दै बिकास नै एउटा मूल मुद्दा रहेको पनि बतएका छन्।

0 Response to "2 सय भन्दा अधिकले समाए तृणमूल कङ्ग्रेसको झण्डा .....शान्ति र गणतन्त्र नै पहिलो मुद्दा – शान्ता छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.