-->
 विमल पन्थी रोयल राई पक्राउ: न्यायालयले पठायो 10 दिनको पुलिस रिमाण्डमा

विमल पन्थी रोयल राई पक्राउ: न्यायालयले पठायो 10 दिनको पुलिस रिमाण्डमा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 25 अप्रेल। कालेबुङ पुलिसले साक्योङ निवासी रोयल राई (32) लाई पक्राउ गरेको छ। पक्रा परेका राईलाई कालेबुङ न्यायालयमा पेश गरेर 10 दिनको पुलिस रिमाण्डमा पठाइएको छ।
गत वर्ष 13 अक्टोबरका दिन छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पेदोङको साक्योङमा भारी मात्रमा विस्फोटक पदार्थसँगै हतियार  पुलिसले फेला पारेको थियो। उक्त विस्फोटक पदार्थहरूसँगै हतियार थुपारेको आरोपमा उनलाई पुलिसले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा पुलिसले छापामारी अभियान चलाउँदा उक्त विस्फोटक पदार्थसँग हतियार फेला पारेको थियो भने सोही दिनदेखि रोयल राई लापत्त भएका थिए। हिजो राती उनी घरमा आएको गोप्य सूचना पाएपछि पुलिसले छापमारेर साक्योङबाटै पक्राउ गरेको छ।
पक्रा परेका रोयल राईलाई आज कालेबुङ न्यायालयमा पेश गरेपछि पुलिसले 14 दिनको रिमाण्डमा मागेको थियो भने न्यायालयले उनलाई 10 दिनको पुलिस रिमाण्डमा पठाएको छ। उनीविरुद्ध पुलिसले विस्फोटक पदार्थ थुपारेको, हतियार राखेको अनि यु.ए.पी.ए कानुन अन्तर्ग्त मुद्दा दर्ता गरेको छ। प्राप्त जानकारी अनुसार उनीविरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 120(बी), 121, 122, अनि r/w/s3/4 विस्फोटक सामाग्री कानुन, आर.एस.ड्ब्ल्यु 25/35 आर्म्स एक्ट, आर.एस.डब्ल्यु 15/16/18/18A/18B UAP एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
स्मरण रहोसगत वर्ष छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा 13 अक्टोबर 2017 को दिन तत्कालिन जिल्ला पुलिस अधिक्षक अजित सिहं यादवको नेतृत्वमा पुलिसले पेदोङको साक्योङ बस्तीमा छापा मारेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले सुमन छेत्री अनि बुद्ध राईको घरमा छापा मार्दा धेरै मात्रमा विस्फोटक सामाग्रीसँगै बन्दुक समेत उद्धार गरेको थियो। त्यसबेला पुलिसले 12 एम् एम् को 4 वटा गन एउटा देशी पिस्तोलबारूद भर्नको निम्ति बनाइएको फलामको पाइप400 ग्राम को 22 वटा अनि 150 ग्रामको 22 वटा प्याकेट पावर जेल नामक बिस्फोटक उद्धार गरेको थियो। यसअतिरिक्त इलेक्ट्रोनिक डेटोनेटरस्प्लिन्टर्सखुकुरीआदि पनि पुलिसले उद्धार गरेको थियो। त्यहीँ मुद्दामा रोयल राईलाई एकजना आरोपी बनाएर पुलिसले मुद्दा दर्ता गरेर खोजी अभियान गरिरहेको थियो भने हिज राती उनलाई पक्राउ गरिएको हो। उक्त घट्नामा संलग्न रहेको आरोपमा पुलिसले अघिबाटै क्षेत्रका तत्कालिन सभासद दावालेप्चा विरुद्ध पनि मुद्दा दर्ता गरेर खोजी कार्य गरिरहेको छ।

0 Response to " विमल पन्थी रोयल राई पक्राउ: न्यायालयले पठायो 10 दिनको पुलिस रिमाण्डमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.