-->
विमल गुरुङ गुटका दुई मोर्चा कार्यकर्ता पक्राउ

विमल गुरुङ गुटका दुई मोर्चा कार्यकर्ता पक्राउ

विकास सार्की
पाल्देन तामाङ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 11 दिसम्बर। गोर्खा जनमुक्ति मोर्चा बिमल गुरुङ गुटका दुईजना युवाहरूलाई आज कालेबुङ पुलिसले पक्राऊ गरेको छ।
रेली रोड सिडफार्म निवासी पाल्देन तामाङ(32) अनि विकास सार्की(32)लाई आज सिडफार्म क्षेत्रबाटै कालेबुङ पुलिसले पक्राउ गरेको छ। पक्रा परेका दुवै विरुद्ध पहाड बन्द अवधि आगजनी एवं तोडफोड साथै पुलिसमाथि आक्रमण गरेको आरोप लगाइएको छ।
पक्रा परेका आरोपी पाल्देन तामाङ विरूद्ध यहाँको 10 माईलमा अवस्थित तृममूल कङ्ग्रेस कार्यालय जलाएको, पुलिसमाथि आक्रमण साथै अफसप जलाएको अभियोग लगाइएको छ। यता विकास सार्की विरूद्ध मोटरस्ट्याण्ड्मा पुलिसमाथि आक्रमणसितै पुलिसले थाना ल्याइरहेका आरोपीलाई भगाउने कोशिश गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।  पक्रा परेका आरोपीहरूलाई भोलि कालेबुङ न्यायालयमा पेश गरिने भएको छ।
एकातिर पहिलेबाट पक्राउ गरिएका गोरामुमो बन्दीहरु एक एक गर्दै बेलमा रिहा हुदैछन भने अर्को तिर थप पक्राउ गर्ने क्रम अनि एकाधिक केस भएकाहरुलाई रेड गरिरहनेमा पुलिसले कमि ल्याएको छैन। विभिन्न बहानामा कतिजनालाई स्थानिय पुलिस अधिकारीहरुले आरोपितहरुलाई नपक्रेको आरोपसंगै शिघ्र पक्राउ गर्ने दबाउ माथिल्ला अधिकारीहरुबाट बारम्बार आइरहेको पनि सुत्रले बाताएकोछ। यता बिमल गुट र विनय अनित गुटको प्रतिद्वन्दिताले यस कार्यले झन पकड पाएकोछ।

0 Response to "विमल गुरुङ गुटका दुई मोर्चा कार्यकर्ता पक्राउ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.