डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 20 दिसम्बर। राष्ट्रिय राजमार्ग क्षेत्रमा रहेको एकमात्र उच्चतर माध्यमिक विद्यालय टिस्टा उ.मा विधायलको अवस्थाबारे जानकारी लिन जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका सदस्य सञ्चबीर सुब्बाले भ्रमण गरेर जानकारी लिएका छन्। यसक्रममा उनले नजिकै रहेको टिस्टा बजार जुनियर बेसिक पाठशालाको भ्रमण पनि गरेर जानकारी लिएका छन्। विद्यालयको जीर्ण अवस्थाबारे अघिबाटै जीटीए अध्यक्ष बिनय तामाङलाई मोडल स्कुल निर्माणको निम्ति पहल गरिदिने अपिल गर्दै विद्यालय कतृपक्षले ज्ञापन चडाएपछि आज सुब्बाले भ्रमण गरेर जानकारी लिएका हुन्।
विद्यालयको निरीक्षण गरेपछि उनले जीटीए पक्षबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। ‘हाम्रो जीटीए सरकारबाट शिक्षालाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेका छौँ। पहाडका धेरै नै विद्यालयहरूको अवस्था यस्तै सोंचनीय रहेको छ। आज यहाँ निरिक्षण गर्दा यहाँको अवस्था पनि उस्तै दयनीय रहेको पाएँ। यसलाई हामी आफ्नो क्षमता अनुसार गर्नसक्ने कार्य झट्ट गर्नेछौँ’ सञ्चबीर सुब्बाले भने।
अर्कोतिर विद्यालयका प्रधानअध्यापक टी टी लेप्चाले विद्यालय भवन भत्किएर गइसकेको कारण पठन पाठनमा धेरै असुविधा भोग्न परिरहेको बताएका छन्। क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको उक्त विद्यालयमाथि सम्बन्धित निकायहरूले अझसम्म नजर नपुऱ्याएको कारण नै यसप्रकारको समस्या आफूहरूले भोग्न परिरहेको उनले बताएका छन्।
जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका सदस्य सञ्चबीर सुब्बा विद्यालयको भ्रमण गर्दा दसौँ कक्षाका विद्यार्थीहरू भने झ्याल, ढोका र वरीपरिका भत्किएका बारहरूभित्र अध्ययन गरिरहेका थिए। जसको कारण कक्षाभित्र विद्यार्थीवर्गलाई अध्ययन अध्यापनमा धेरै समस्या भोग्न परिरहेको थियो। विद्यालयको कक्षाको उक्त जीर्ण समस्याले अध्ययनमा समस्या भइरहेको कक्षा दशकी छात्रा उपासना राईले धेरै समस्या झेल्न परिरहेको बताएकी छन्।
‘कक्षाको भित्तामा रहेको काठ भत्केर झरेको छ। दैलो, खिड्कि उसरी नै भत्केका छन्। यसले गर्दा हामीलाई पड्नमा धेरै समस्या हुने गरेको छ’ छात्रा उपासनाले भनिन्।
यता टिस्टा ब्रीज उच्चतर माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वारअघि नै सुरक्षा देवल भत्किएर गइसकेको छ भने पुरानो विद्यालय भवन चर्किएर गइसकेको छ। पुरानो भवनमा रहेको कतिपय श्रेणी कक्षा पठन-पाठन गर्न नहुने अवस्थामा पुगिसकेको छ भने रहल श्रेणी कक्षाहरूमा पनि बर्खामा पानी चुहेर बसिनसक्ने अवस्था हुने गरेको विद्यालय पक्षको भनाइ छ।
कतिपय कक्षामा अघिबाटै निरीक्षकहरूले कक्षा सञ्चालन नगर्ने सुझाव दिएको भए तापनि बाध्यतावश कक्षा सञ्चालन गर्न परिरहेको बताउँदै विभागीय पक्षबाट उचित पहल भए आभारी बन्ने प्रधानअध्यापक टी टी लेप्चाले थप बताएका छन्।
0 comments: on "सञ्चबीर सुब्बाले गरे टिस्टा विद्यालयको भ्रमण"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews. It is published simultaneously in this site as well as http://kalimpongnews.net.
Please be decent while commenting and register yourself with your email id. Your id will be kept secret, as far as practicable.