-->
नगरपालिका अध्यक्ष –उपाध्यक्षले लिए गोपनीयताको सपथ  .....पिउने पानीको समस्या समाधान गर्नेछौँ – रवी प्रधान

नगरपालिका अध्यक्ष –उपाध्यक्षले लिए गोपनीयताको सपथ .....पिउने पानीको समस्या समाधान गर्नेछौँ – रवी प्रधान

पूर्व नगराध्यक्ष शुभ प्रधान नव निर्वाचित्  नगराध्यक्ष  र उपाध्यक्षलाई बधाई दिँदै
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 20 दिसम्बर। कालेबुङ नगरपालिकामा अन्तत: गोजमुमो बिनय गुटद्वारा नयाँ बोर्ड गठन गरिएको छ। नगराध्यक्ष शुभ प्रधानले आफ्नो पदबाट राजीनामा दिनका साथै उनलाई पदच्युत गरेपछि गोजमुमो बिनय तामाङ गुटले आज नयाँ बोर्ड गठन गरेको हो। 
कालेबुङ नगरपालिकामा चुनाव भएको 6 महिना पछि यो दोस्रोचोटि बोर्ड बनिएको हो। यसभन्दा अघि गोजमुमो बिमल गुरुङको नेतृत्वमा चुनाव जितेपछि बनिएको बोर्डमा अध्यक्ष शुभ प्रधान चुनिएका थिए भने राजनैतिक उतार चडाउपछि गोजमुमो पार्टीनै दुई गुटमा बिभाजन हुँदा आखिरमा कालेबुङ नगरपालिका बिनय तामाङ गुटले आफ्नो कब्जामा पार्न सफल भएको हो। 
गोजमुमो बिनय तामाङ गुटको पहिलो बोर्ड मिटिङमा अघिबाटै अनित थापाद्वारा घोषित रवी प्रधानलाई नगराध्यक्ष चयन गरिएको छ भने उपाध्यक्ष भीम अग्रवाललाई चयन गरिएको छ। नवगठित बोर्डका अध्यक्ष पदमा चयन भएपछि रवी प्रधानलाई महकुमा अधिकारी निर्मलया घरामीले आज नै गोपनीयताको सपथ समेत दिलाएका थिए भने उपाध्य्क्ष भीम अग्रवाललाई अध्यक्ष रवी प्रधानले गोपनीयताको सपथ दिलाएका थिए। 
पहिलो बोर्ड मिटिङमा अध्यक्ष पदमा रवी प्रधान चुनिएपछि पूर्व नगराध्यक्ष शुभ प्रधानले खदा लगाएर बधाई दिएका थिए भने उनले सम्पूर्ण नगरपालिका अध्यक्षको पदभार समेत हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको थियो। नगराध्यक्षको पदभार ग्रहण गरेपछि अध्यक्ष रवी प्रधानले कालेबुङ नगरका जनतालाई नगरपालिकाको पक्षबाट विकासका कार्यहरू गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। 
‘कार्यक्रम नगरपालिकाका धेरैवटा कार्यहरू थाँतीमा रहेका छन्। समय, काल परिस्थितिले कतिपय कार्यहरू थाँतीमा रहेको हो। यी सबै कार्यहरू हामी झट्टै पुरा गर्नेछौँ’ नव निर्वाचित नगराध्यक्ष रवी प्रधानले भने। यसक्रममा नगराध्यक्षले विशेष गरेर कालेबुङ नगरमा पिउँने पानीको जटिल समस्या रहेको भन्दै पिउने पानीको समस्यालाई समाधान गर्ने बताएका छन्। 
‘कालेबुङ शहरमा पिउने पानीको जटिल समस्या छ। यसबारे हामीले सरकारमा कुराकानी पनि गरेका छौँ। अघिल्लो बोर्डमा पनि पिउने पानीको निम्ति डीपीआर तयार पारेर मन्त्रालयमा पुर्यािएका हौँ। यो कार्य पुरा भएर यसपाली पिउने पानीको समस्या समाधान हुने अपेक्षा गरेका छौँ’ नगराध्यक्ष प्रधानले अझ भने। 
उनले यसक्रममा नगरपालिकालाई ग्रिन सिटी मिशन परिकल्पना अनुसार अंतर्भुक्त गर्न सिलगडी म्युनिसिपालिटीका कार्यकारी अभियन्तालाई निमन्त्रणा दिएको पनि उनले जानकारी दिएका छन्। सोहीक्रममा उनले कालेबुङ शहरको सम्पूर्ण नगरपालिका क्षेत्रमा एल ई डी लाइट लगाउने वयवस्था गरिने पनि थप बताएका छन्।

0 Response to "नगरपालिका अध्यक्ष –उपाध्यक्षले लिए गोपनीयताको सपथ .....पिउने पानीको समस्या समाधान गर्नेछौँ – रवी प्रधान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.