-->
डिस्ट्रिक्ट साइन्स फेयर एवम् युथ फेस्टिभल सम्पन्न हुने

डिस्ट्रिक्ट साइन्स फेयर एवम् युथ फेस्टिभल सम्पन्न हुने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ19 दिसम्बर। ‘डिस्ट्रिक्ट साइन्स फेयर’ एवम् ‘युथ फेस्टिभल’ सम्बन्धि आज जिल्लापाल डा. विश्वनाथको उपस्थितिमा विशेष सभा सम्पन्न भएको छ। 
कालेबुङ जिल्लापाल कार्यालयमा सम्पन्न सभामा विभिन्न महाविद्यालय, विद्यालयका शिक्षकवर्ग अनि विभागीय अधिकारीवर्ग उपस्थित रहेका थिए। विशेष गरेर आगमी जनवरी महिनाको पहिलो सप्ताहमा जिल्ला स्तरीय ‘डिस्ट्रिक्ट साइन्स फेयर’ एवम् ‘युथ फेस्टिभल’ सम्पन्न हुने भएको छ। विद्यार्थीवर्गलाई विज्ञान विषयप्रति आकर्षित गर्न अनि विज्ञान विषय सम्बन्धि विद्यार्थीवर्गद्वारा निर्मित सामाग्रीहरू उक्त जिल्ला स्तरीय साइन्स फेयरमा प्रदर्शनी गरिने भएको छ। 
विद्यार्थीवर्गद्वारा निर्मित विज्ञान सम्बन्धिका सामाग्रीहरू उक्त उत्सवमा प्रदर्शनसँगै प्रतियोगिता समेत हुनेछ। जसमा सर्वोत्कृष्ट वैज्ञानिक सामाग्रीलाई राज्य स्तरीय प्रतियोगितामा छनौट गरेर प्रदर्शनीमा लगिने जिल्ला सूचना अधिकारी दिपक केरकेटाले जानकारी दिएका छन्। 
‘कालेबुङ जिल्लापालद्वारा आगमी जनवरी महिनाको पहिलो सप्ताह ‘डिस्ट्रिक्ट साइन्स फेयर’ आयोजना गरिनेछ। 
उक्त कार्यक्रममा विभिन्न विद्यालय अनि महाविद्यालयमा अध्ययनरत विद्यार्थीवर्गद्वारा निर्मित वैज्ञानिक समाग्रीहरूको प्रदर्शनी गरिनेभएको छ। त्यस प्रदर्शनीमा सर्वोत्कृष्ट भएका वैज्ञानिक सामाग्री आगमी 6 देखि 8 फरवरीसम्म  सम्पन्न हुने राज्य स्तरीय प्रतियोगितामा छनौट गरि लगिनेछ’ जिल्ला सूचना एवम् सांस्कृतिक अधिकारी दिपक केरकेटाले भने। सभामा ‘विवेक चेतना उत्सव’, खण्ड स्तरीय, नगरपालिका स्तरीय स्टुडेन्ट युथ फेस्टिभल सम्बन्धि चर्चा भएको पनि उनले जानकारी दिएका छन्। 

0 Response to "डिस्ट्रिक्ट साइन्स फेयर एवम् युथ फेस्टिभल सम्पन्न हुने "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.