-->
माछाका भुर्राहरू वितरण सँगै प्रशिक्षण शिविर सम्पन्न

माछाका भुर्राहरू वितरण सँगै प्रशिक्षण शिविर सम्पन्न

मत्स्य पालन प्रशिक्षण 
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 11 दिसम्बर। मत्यस्य पालन विभाग कालेबुङको आयोजनामा आज 8 जना मत्स्य पालकहरूलाई माछाका भुर्राहरू प्रदान गरिएको छ। कनवर्जेन्स योजना एनआरईजीए मार्फत् कालेबुङ खण्ड एकका 8 जना माछा पालकहरूलाई आज प्रतिव्यक्ति एकहजार गरेर माछाका भुर्राहरू प्रदान गरिएको मत्स्य पालन विभाग कालेबुङका सह निर्देशक सोनाम छेवाङले जानकारी दिएका छन्। यसका साथै उनीहरूलाई माछालाई दिने चारो, जाल पनि प्रदान गरिएको छ भने आगामी दिनमा पानीको पाइप, हाँडी अनि चुना पनि प्रदान गरिएने सोनाम छेवाङले जानकारी दिएका छन्।

माछाका भुर्राहरू प्रदान
अर्कोतर्फ आज कालेबुङ खण्ड एकका 20 जना माछा पालकहरूलाई मत्स्य पालन सम्बन्धि प्रशिक्षण पनि प्रदान गरिएको थियो। खण्ड स्तरीय माछा पालन सम्बन्धि सम्पन्न भएको उक्त प्रशिक्षण कार्यमा माछा पालन सम्बन्धि कृषकवर्गलाई सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। यसका साथै माछा पालन सम्बन्धि सरकारद्वारा प्रदान गरिएन विभिन्न प्रकारका सहुलियतहरूबारे पनि जानकारी दिने कार्य सम्पन्न भएको थियो। विशेष गरेर माछा पालनलाई एउटा पेशानै बनाउँन सकिए धेरै मानिसहरूले स्वरोजगारको माध्यम बनाउँन सकिने बताउँदै सरकारले स्वरोजगार बन्नका निम्ति अनेकौँ योजनाहरू मध्ये माछा पालन एउटा योजना बनाएको सह निर्देशक सोनाम छेवाङले अझ बताएका छन्।

0 Response to "माछाका भुर्राहरू वितरण सँगै प्रशिक्षण शिविर सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.