-->
कालेबुङ नगरपालिका बिनय गुटको झोलिमा  ..........बहुमत प्रमाणित नगरी शुभ प्रधानले दिए राजीनामा.......भोट अफ् नो कन्फिन्डेन्समा शुभप्रधान विरुद्ध 20 जना-   पक्षमा 2 जनाको मतदान

कालेबुङ नगरपालिका बिनय गुटको झोलिमा ..........बहुमत प्रमाणित नगरी शुभ प्रधानले दिए राजीनामा.......भोट अफ् नो कन्फिन्डेन्समा शुभप्रधान विरुद्ध 20 जना- पक्षमा 2 जनाको मतदान

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 14 दिसम्बर। सबैको केन्द्रबिन्दुमा रहेको कालेबुङ नगरपालिकामा अनतत: गोजमुमो बिनय तामाङ गुटले नयाँ बोर्ड बनाउने निश्चित भएको छ। बिमल गुरुङ गुटले बनाएको नगरपालिका बोर्डका नगराध्यक्ष शुभ प्रधानले राजीनामा दिएपछि अबोप्रान्त बिनय गुटलाई नयाँ बोर्ड बनाउने बाटो खुल्ला भएको छ। 
‘कालेबुङ नगरपालिकामा अविश्वास प्रस्ताव आउन अघिनै मैले आफ्नो पदबाट राजीनामा दिएको छु’ शुभ प्रधानले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दै भने। सर्वप्रथम उनले नगरपालिकामा ‘भोट अफ् नो कन्फिन्डेन्स’ को वैठकमा भाग लिएपछि आफ्नो राजीनामा पत्र सुम्पिएभने त्यस लगत्तै बाहिर आएर पत्रकारहरूलाई सम्बोधन गर्दै आफुले नगराध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। ‘मैले ‘भोट अफ् नो कन्फिन्डेन्स’ मा गएर बहुमत प्रमाणित गर्न चाहिन। यसकारण आफ्नो पदबाट राजीनामा दिएको हुँ’ शुभ प्रधानले अझ भने।
गोजमुमो पार्टीभित्रै गुटबन्दी भएपछि बिमल गुरुङ गुटको कब्जामा रहेको कालेबुङ नगरपालिकाको सत्ता कब्जा गर्नका निम्ति बिनय गुटले जीटीएको सत्ता सम्हालेदेखिनै सक्रिय रहेको थियो। यस्तो अवस्थामा बिनय गुटका 14 जना नगरपार्षदहरूले नगराध्यक्ष शुभ प्रधान विरुद्ध अविश्वास प्रस्तावको पत्र दिएपछि आज उनले बहुमत प्रमाणित गर्नुपर्ने भएको थियो। ‘भोट अफ् नो कन्फिन्डेन्सको’ निम्ति डाकिएको सभामा नगराध्यक्ष शुभ प्रधानले बहुमत प्रमाणित गर्नको साटो उल्टै राजीनामा पत्र दिएपछि गोजमुमो बिनय गुटका निम्ति नयाँ बोर्ड गठनको बाटो स्पष्ट पारदिए।
सम्पूर्ण 22 जना नगरपार्षदहरू उपस्थित रहेको उक्त ‘भोट अफ् नो कन्फिन्डेन्सको’ सभामा नगर अध्यक्ष शुभ प्रधानले सुरुमानै आफ्नो सम्बोधन राखेपछि उनले नगराध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्दै उक्त राजीनामा पत्र सभामा प्रस्तुत गरे । 
राजीनामा पत्र वैठकमा प्रस्तुत गरेपछि उनले बाहिर आएर पत्रकारहरूलाई भोलिको दिनमा कालेबुङ नगरका जनताको हितमा एउटा परिवार जस्तो मिलेर कार्य गर्न तयार रहेको बताए । पत्रकारहरूलाई सम्बोधन गर्दा भावुक देखिने शुभ प्रधानले भने –‘नगरपालिका एउटा परिवार हो। यस परिवारमा मिलेर कार्य गर्न चाहन्थे। साथीहरूले नगराध्यक्षको पदबाट हटाउन अविश्वास प्रस्तावको पत्र दिएपछि मैले आखिरमा बहुमत प्रमाणित गर्न नचाहेर राजीनामा दिएको हुँ। भविष्यमा कालेबुङ नगरको हितमा राम्रो कार्य होस् भनेर मैले यस्तो कदम उठाउन उचित ठानेको हुँ’ प्रधानले अझ भने।
कालेबुङ नगरपालिकाको ‘भोट अफ् नो कन्फिन्डेन्स’ को सभामा नगराध्यक्ष शुभ प्रधानले अत्यन्त्यै नाटकीय ढंगमा आफ्नो पदबाट राजीनामा दिएपछि उनले त्यस वैठकमा आफ्नो बहुमत प्रमाणित गर्नपर्ने कुनै आवश्यक्ता नै थिएन। तर बोर्डले राजिनामा पत्रको त्यँहा कुनै औचित्यनै ठानेन अनि राजीनामा दिएर पनि नगरपालिकामा ‘भोट अफ् नो कन्फिन्डेन्स’को मतदान भयो। 
प्रधानले अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त सभा ‘भोट अफ् नो कन्फिन्डेन्स’ कै निम्ति डाकिएको कारण त्यहाँ उक्त औपचारिकता पुरा गरिएको थाह लागेको छ। यद्यपी यस सम्बन्धमा बिनय तामाङ गुटका नगराध्यक्ष रवी प्रधानले आफुहरूले कुनै खतरा लिन नचाहेको भन्दै ‘भोट अफ् नो कन्फिन्डेन्स’ मार्फत् नै नगराध्यक्ष शुभ प्रधानलाई पदबाट हटाउने प्रक्रिया गर्दै मतदान गरिएको अनि त्यस मतदानमा शुभप्रधान विरुद्ध 20 जनाले मत खसाले भने 2 जनाले शुभ प्रधानको पक्षमा मतदान गरेको रवी प्रधानले बताएका छन्। 
 ‘22 जना नगरपार्षदहरूको उपस्थितिमा अविश्वास प्रस्ताव माथि सम्पन्न सभामा राजीनामा दिने कार्य भए पनि सभा अविश्वास प्रस्ताव माथिनै राखिएको कारण हामीले त्यसैमाथि कार्य अघि बडाउने काम गरेका थियौँ। बङ्गाल म्युनिसिपल एक्ट अनुसार ‘भोट अफ् नो कन्फिन्डेन्स’को प्रक्रिया सुरु भएपछि अध्यक्ष शुभ प्रधानको पक्षमा 2 अनि उनी विरुद्ध 20 जनाले मतदान गरेर उनलाई पदबाट हटाउने कार्य भएको छ’ बिनय गुटका नगरपार्षद रवी प्रधानले भने। 
यता नगराध्यक्ष शुभ प्रधानले राजीनामा पत्र दिएपछि कसरी ‘भोट अफ् नो कन्फिन्डेन्स’ को प्रक्रिया अघि बड्यो भनि प्रश्न गर्दा उनले आजको सभा नै ‘भोट अफ् नो कन्फिन्डेन्स’को निम्ति डाकिएको कारण त्यो कार्य भएको स्पष्ट पारेका छन्। ‘नगराध्यक्ष पदबाट शुभ प्रधानले राजीनामा दिए पनि उनको राजीनामा स्वीकार हुनमा एक सप्ताहको समय लाग्ने हुँदछ। एक सप्ताहमा राजनैतिक उतार चढाउ हुँदा केही पनि हुनसक्छ। यसकारण हामीले कुनै खतरा लिन चाहेनौँ अनि उनलाई पदबाट हटाउनका निम्ति प्रक्रिया अघि बडाएर मतदान गरेका हौँ’ रवी प्रधानले स्पष्ट पार्दै भने।
यसबारे पुन: शुभ प्रधानसँग जान्न चाहँदा उनले पनि ‘भोट अफ् नो कन्फिन्डेन्स’को निम्ति नै सभा डाकेको कारण राजीनामा दिएर पनि विश्वास मत देखाउने कार्य भएको स्पष्टिकरण दिए। ‘भोट अफ् नो कन्फिन्डेन्सको सभामा मैले राजीनामा दिए पनि सभा बहुमत देखाउन निम्ति बोलाइएको कारण त्यो मतदानको प्रक्रिया सम्पन्न भयो। मैले आफु अध्यक्ष पदमा नबस्ने निर्णय गरेको कारण राजीनामा दिएपछि बहुमत प्रमाणितको निम्ति भएको मतदानमा म आफैले पनि आफ्नो विरुद्धमा भोट हाले। किनभने त्यस पदमा नबस्ने निर्णय गरेपछि मैले आफ्नो पक्षमा मतदान गर्नु कुनै आवश्यक्ता नै थिएन’ शुभ प्रधानले स्पष्ट पार्दै भने।

0 Response to "कालेबुङ नगरपालिका बिनय गुटको झोलिमा ..........बहुमत प्रमाणित नगरी शुभ प्रधानले दिए राजीनामा.......भोट अफ् नो कन्फिन्डेन्समा शुभप्रधान विरुद्ध 20 जना- पक्षमा 2 जनाको मतदान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.