-->
विमल गुरुङ पार्टीका साधरण सदस्य बनेर फर्कन सक्नेछन् – नोर्देन लामा

विमल गुरुङ पार्टीका साधरण सदस्य बनेर फर्कन सक्नेछन् – नोर्देन लामा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 नोभेम्बर। ‘विमल गुरुङ पार्टीका साधरण सदस्य बनेर फर्कन सक्नेछन्। अब हामी उनलाई पार्टीका अध्यक्षका रूपमा स्वीकार गर्दैनौँ’ उक्त कुरा गोजमुमो (बिनय गुट)का केन्द्रिय समिति सदस्य नोर्देन लामाले भनेका हुन्। 
गोर्खा जनमुक्ति मोर्चा (बिनय गुट)का नोर्देन लामाले 105 दिनको बन्दले शुन्य उपलब्धि हासिल हुनमा सम्पूर्ण जिम्मेवार गोजमुमो अध्यक्ष विमल गुरुङ हो भनि आरोप लगाएका छन्। उनले पत्रकारहरूसँग कुराकानी गर्दै विमल गुरुङले पहाडका जनतालाई ठूलो समस्यामा पार्न लागेको थाह पाएपछि नै जनतालाई समस्याबाट बँचाउन बिनय तामङ अनि अनित थापाले उचित पहल गर्दै जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसन ग्रहण गरेको पनि दाबी गरेका छन्। 
‘हामी गणतन्त्रमा विश्वास गर्छौँ अनि विमल गुरुङले भने बम बिस्फोट गर्न थाले। यस्तो घट्नाले सम्पूर्ण गोर्खाहरूलाई नै आतङ्ककारीको दृष्टिले हेरिने भय भयो। त्यस्तो घातक आरोपबाट बाँच्न अनि जनतालाई बँचाउन बिनय तामङहरूले विमल गुरुङको साथ छोडेर अघि बडेका हुन्’ नोर्देन लामाले भने। 
सुरुका दिनहरूमा विमल गुरुङले गान्धीवादी नीतिमा राम्रो आन्दोलन गरे पनि अहिले भने उनले गान्धीको तस्विर राखेर आतङ्क फैलाउने कार्य गरेको आरोप लगाए। ‘गान्धीको तस्वीरमा धुप बालेर यता अशान्ति फैलाउने कार्यले गोर्खाल्याण्ड हुँदैन। हामी गणतान्त्रिक पद्धतीमा गोर्खाल्याण्डको कुरा गर्छौँ। 
विमल गुरुङ अब फर्कन नसक्ने भइसके। यसकारण उनीबाट जनताले गोर्खाल्याण्ड ल्याउनेछ भने अपेक्षा पनि साँच्नु हुँदैन’ नोर्देन लामाले अझ भने। यसक्रममा उनले विमल गुरुङबाट आन्दोलनको नेतृत्व दिनसक्ने अपेक्षा राख्नु मुर्खता हुने बताउँदै बरु बिमल गुरुङ बिनय तामङहरूको नेतृत्वमा पार्टीका कार्यकर्ता भएर आउन सक्ने बताए। ‘यदि विमल गुरुङले आफ्नो कार्यशैलि परिवर्तन गर्छन् भने हामी उनलाई स्वागत गर्छौँ। हामी उनलाई पार्टीको अध्यक्षका रूपमा स्वागत गर्दैनौँ तर उनले गणतान्त्रिक आन्दोलन साथ दिन चाहन्छन् भने पार्टीका साधारण सदस्यका रूपमा स्वागत गर्छौँ’ नोर्देन लामाले अझ भने।

0 Response to "विमल गुरुङ पार्टीका साधरण सदस्य बनेर फर्कन सक्नेछन् – नोर्देन लामा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.