-->
डीजीएपीले गरे कालेबुङको भ्रमण अशान्ति फैलाउनेहरूलाई कार्वाही गर्नेछौँ - पुरोकायस्थ

डीजीएपीले गरे कालेबुङको भ्रमण अशान्ति फैलाउनेहरूलाई कार्वाही गर्नेछौँ - पुरोकायस्थ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 17 अक्टोबर। पश्चिम बङ्गाल राज्यका पुलिस महानिर्देशक सुरोजित कर पुरोकायस्थले पहिलोचोटि कालेबुङको भ्रमण गरेका छन्। दार्जीलिङ पहाडको भ्रमणमा आएका पुलिस महानिर्देशक आज कालेबुङ भ्रमणमा आएका हुन्। पहाडको वर्तमान स्थिति बुझ्न स्थलगत भ्रमणमा आएका पुलिस महानिर्देशक पुरोकायस्थले आज कालेबुङमा पनि पुलिस अधिकारीवर्गसँग वैठक गरे। 
सोमबार दार्जीलिङ भ्रमणमा आएपछि उनी मिरिकको भ्रमण गरेर कालेबुङ आइपुगेका हुन्। दिउँसो लगभग 12:30 बजे कालेबुङ आइपुगेका डिजीपीले पुलिस अधिकारीवर्गसँग वैठक गरेर कालेबुङ जिल्लाको सम्पूर्ण कानुन व्यवस्थाबारे जानकारी लिएका छन्। कालेबुङ आइपुगेका डिजीपीसँगै एडीजी जावेद समीम, एडीजी सिद्दिनाथ गुप्ता, आईजी मनोज कुमार वर्मा, एसपी अजित सिंह यादव लगाय अन्य अधिकारीवर्ग साथमा रहेका थिए। 
उनले कालेबुङ थानामा गत 19 अगस्तका दिन भएको बम बिस्फोट घट्नास्थलको पनि भ्रमण अवधी जानकारी लिए। कानुन व्यवस्थाबारे स्थलगत भ्रमण गरेर जानकारी लिन आइपुगेका डिजीपी पुरोकायस्थले आफ्नो भ्रमण अवधी थाना डाँडादेखि मेन रोड हुँदै कालेबुङको मुटु मानिने डम्बर चौकसम्म पैदल हिँडेर जानकारी समेत लिए। 
यसक्रममा उनले पत्रकारहरूसँग कुराकानी गर्दै पहाडको परिस्थिति स्वाभाविक बन्दै गइरहेको बताए। ‘पहाडको परिस्थिति पुलिस अनि जनता मिलेर स्वाभाविक बन्दै गइरहेको छ। आम मानिसहरू स्वाभाविक परिस्थिति बनेपछि खुशी छन्। पुलिस अनि यहाँका मानिसहरू मिलेर सुन्दर वातावरण बनिएको छ। पर्यटकहरू पनि आउन थालेका छन्’ डिजीपी पुरोकायस्थले भने। 
यसैक्रममा उनले अशान्ति फैलाउन खोज्नेहरूलाई पुलिसले कार्वाही गरिरहेको बताएका छन्। ‘पहाडमा अशान्ति फैलाउन चाहनेहरूलाई चिन्हित गरेका छौँ। कतिपय पक्रा परिसकेका छन्। पक्रा नपरेकाहरूलाई पनि पक्रने कार्य जारी छ’ उनले थपे। यता पहाडमा शान्ति श्रृङ्खला बनाएर राख्नका निम्ति राज्य प्रशासनको सुरक्षा वाहिनी बडाउने पनि तिनले थप बताएका छन्। 

0 Response to "डीजीएपीले गरे कालेबुङको भ्रमण अशान्ति फैलाउनेहरूलाई कार्वाही गर्नेछौँ - पुरोकायस्थ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.