-->
राष्ट्रिय राजमार्गमा वाहनमा आगो लगाइयो

राष्ट्रिय राजमार्गमा वाहनमा आगो लगाइयो

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ १अगस्त। अनिश्चितकालिन बन्दको 49 औँ दिन राष्ट्रिय राजमार्ग 10 अन्तर्रगत 27 माइलमा आज दिउँसो जोरथाङ सिक्किमदेखि सिलगडी तर्फ गइरहेको कोरियर सर्भिस वाहनमा आगो लगाइएको छ। 
डब्ल्यु बी 73 सी 9299 नम्बर रहेको उक्त वाहनलाई लगभग 4 बजे अज्ञात मानिसहरूले रोकेर आगो लगाउने कार्य गरेको जनकारी प्राप्त भएको छ। 
उक्त वाहन टिस्टा निवासी मोहनलाल अग्रवालको रहेको थाह लागेको छ भने जोरथाङबाट सिलगडी जाने क्रममा अज्ञात मानिसहरूले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 27 माइलमा अज्ञात मानिसहरूले वाहनलाई रोकेर एकाएक आगो लगाउने कार्य गरेको थियो। आगलागीको घट्नापछि वाहनका चालक लापत्त भएको जानकारी प्राप्त भएको छ। 
वाहनका चालक लापत्त भएको कारण घट्नाबारी विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। आगलागीको घट्नापछि घट्ना स्थलमा पुलिस बल आएर वाहनलाई नियन्त्रमा लिने कार्य गरेको छ भने आगलागीको घट्नापछि राजमार्गमा वाहनहरूको चलाचल समेत घटेको थाह लागेको छ।

0 Response to "राष्ट्रिय राजमार्गमा वाहनमा आगो लगाइयो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.