-->
भण्डारीको निधन एउटा युगको अन्त – डा. हर्कबहादुर छेत्री

भण्डारीको निधन एउटा युगको अन्त – डा. हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ १७ जुलाई। सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको निधन प्रति जन आन्दोलन पार्टीले शोक प्रकट गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रेले भारतीय गोर्खाहरूको पृष्ठभुमीमा भण्डरीको मृत्युले अपुरणीय क्षति भएको बताएका छन्। भारतीय गोर्खाहरूको पहिलो मुख्यमन्त्री बनेका नरबहादुर भण्डारीको योगदानलाई भारतीय गोर्खाहरूले कहिल्यै नभुल्ने दाबी गर्दै नेपाली भाषाले देशको आठौँ अनुसूचीमा मान्यता प्राप्त गर्नु भण्डारीको सहयोग बिना सम्भवन नहुने पनि बताएका छन्। 
सन् 1990 को दशकमा दार्जीलिङ पहाडमा राजनैतिक स्थिति बिग्रेपछि भाषा मान्यता आन्दोलनलाई सिक्किमले नेतृत्व गरेको बताउँदै स्व भण्डारीकै कुशल नेतृत्वमा भारतीय नेपाली राष्ट्रिय परिषदको गठन भएको पनि डा. छेत्रीले बताएका छन्। 
‘भानेरपा’को गठन गरेर स्व भण्डारीले नै देशभरीका गोर्खाहरूलाई एउटा साझा मञ्च दिएको बताउँदै उता दिल्लीमा तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारीले सांसदहरूलाई नेपाली भाषा मान्यताको निम्ति सक्रिय भुमीका निर्वाह गरेको डा. छेत्रीले अझ बताएका छन्। 
यसक्रममा नेपाली भाषा मान्यताको निम्ति भण्डारी दम्पतिको योगदान उल्लेखनीय रहेको बताउँदै दुवैको योगदानलाई कसैले नभुल्ने पनि जाप अध्यक्ष डा. छेत्रीले बताएका छन्। 
‘स्व भण्डारी सिक्किमका मुख्यमन्त्री भए तापनि तिनी सम्पूर्ण भारतीय गोर्खाहरूका अभिभावक सरह थिए। आज हामीलाई भारतीय गोर्खाहरू अडेस लाग्ने दह्रिलो खाँबो लडेको अनुभव भइरहेको छ’ डा. छेत्रीले भने।  
यसक्रममा डा. छेत्रीले स्व भण्डारीले छाडेर गएको खालि स्थान प्रत्येक गोर्खाको मुटुमा खालि नै रहने पनि बताएका छन्। ‘जन आन्दोलन पार्टी नरबहादुर भण्डारीको निधनलाई एउटा युगकै अन्तको रूपमा स्वीकार्दै मृत आत्माको शान्तिको कामना गर्दै शोकित परिवारमा समवेदना प्रकट गर्दछ’ डा. छेत्रीले भने। 

0 Response to "भण्डारीको निधन एउटा युगको अन्त – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.