-->
जुलुसले पुलिसलाई ढुङ्गा हिर्काउने कार्य गरे – पुलिस अधिक्षक

जुलुसले पुलिसलाई ढुङ्गा हिर्काउने कार्य गरे – पुलिस अधिक्षक

डी के वाइबा, कालिमन्युज, कालेबुङ ५ जुलाई।  अचानक कालेबुङ रणभुमीमा परिणत भएपछि घट्नाबारे कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले पत्रकार सम्मेलन डाकेर जानकारी दिएका छन्। ‘गोजमुमोले आज शहरमा एउटा जुलुस निकालेको थियो। जसमा धेरै मानिसहरू सामेल भएका थिए। जुलुस अघि बड्दै 10 माइल पुगेपछि त्यहाँ रहेको तृणमूल पार्टी कार्यालयमा रहेका सुरक्षा कर्मीहरूलाई जुलुसले ढुङ्गा हिर्काउने कार्य गरेको थियो। 
त्यसैक्रममा उनीहरूले तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय रहेको बिल्डिङको वाइन सप अनि एउटा दोकानमा आगो लगाएका थिए’ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले भने। उनले आज दिनभरी भएको घट्नामा मोठ 6 जना पुलिस कर्मी घाइते भएको जसमध्ये 4 जना अस्पतालमा भर्ना भएको अनि 2 जना प्राथमिक उपचार पछि अस्पतालबाट छुट्टी दिइएको बताएका छन्। 
घट्नामा घाइते हुनेहरूमा क्रमैले उत्तम बर्मन, श्याम सुनार, सुकदेव दास, सुकेन्दु दास कालेबुङ अस्पतामा भर्ना भएको अनि पार्थो प्रतिम र अपुर्व घोसाललाई प्राथमिक उपचार पछि अस्पतालले छुट्टी दिएको उनले अझ बताएका छन्। 
सोहिक्रममा पुलिसले भीडलाई गोलि चलाएको सन्दर्भमा प्रश्न गर्दा पुलिस अधिक्षक अजित सिंह यादवले रबर बुलेट चलाएकोप स्पष्टिकरण दिएका छन्। ‘हामीले नन् लिथल ग्यास गन फायर गरेका थियौँ। यो नै रबर बुलेट हो’ उनले अझ भने। यता घट्नाबारे पुलिसले छानबिन गरेको अनि मुद्दा दर्ता गरेर दोषीहरूलाई कार्वाही गर्ने पनि बताएका छन्। 

0 Response to "जुलुसले पुलिसलाई ढुङ्गा हिर्काउने कार्य गरे – पुलिस अधिक्षक"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.