-->
कामी विकास बोर्डको कार्यालय आगोले नष्ट्

कामी विकास बोर्डको कार्यालय आगोले नष्ट्

डी के वाइबा, कालिमन्युज, ३ जुलाई। अनिश्चितकालिन बन्दको 19औँ दिन पश्चिम बङ्गाल कामी विकास बोर्डको कार्यालयमा आगो लगाइएको छ। कालेबुङ शहरदेखि लगभग तीन किलोमिटरको दुरीमा डा. ग्राह्म होम्स परिसरमा अवस्थित कामी विकास बोर्डको कार्यालयमा आज बिहानी पख अज्ञात व्यक्तिहरूले आगो लगाएको हो। 
रातीको समयमा आगो लगाइएको कारण मानिसहरूले केहि सुइको समेत पाउन सकेन। अज्ञात मानिसहरूले कार्यालयको अध्यक्षको कक्षमा आगो लगाएको कारण कार्यलय भित्र रहेका प्लास्टिकका कुर्सी, टेबल जलेर नष्ट भएको छ भने कार्यालयभित्र धेरै सामग्री नभएको कारण आगोले उग्र रूप लिन सकेन। जसको कारण कार्यालय भित्र रहेका सामाग्रीहरू जलेर आगो आफै निभेको थियो। 
कार्यालयमा आगलागी भएको घट्नामा भने कर्मचारीवर्ग विहान कार्यालयमा पुगेपछि थाहा पाएको जानकारी प्राप्त भएको छ। दैनिक समयमा अनुसार कार्यालयमा कर्मचारीवर्ग पुगेपछि उनीहरूले अध्यक्षको कक्षमा आगो लागेको थाह पाएका थिए। त्यसपछि उनीहरूले कालेबुङ थानामा आगलागीको घट्नाबारे सूचित गरेपछि थानाबाट पुलिस कर्मी घट्नाको स्थलमा पुगेका थिए।

0 Response to "कामी विकास बोर्डको कार्यालय आगोले नष्ट्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.