-->
‘ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च’ कालेबुङमा सम्पन्न

‘ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च’ कालेबुङमा सम्पन्न

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ३० जुलाई। ‘राज्य आतङ्कको हामी पोल खोल्छौँ, सरकारले राज्य माग्ने जनतालाई गरिरहेको अत्याचारको पोल खोल्छौँ। राज्य आतङ्कको पोल खोल्दै हामी एकबद्ध बनि गोर्खाल्याण्ड राज्य प्राप्तिको बाटोमा हिँड्नेछौँ’ सडक नाटक ‘पोल’ प्रस्तुत गर्दै पहल टोलिका नाट्य कलाकारहरूले नाटकको संवादको माध्यमबाट भन्दै थिए। 
कालेबुङको मोटर स्ट्याण्डमा ‘ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च’ लाई साथ दिँदै हजारौँ मानिसहरू भेला भएका थिए। दैनिक गोर्खाल्याण्डको निम्ति निस्कने राजनैतिक पार्टीहरूको जुलुसको तुलनामा आज मानिसहरू धेरै मात्र भेला भएका थिए। 
‘ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च’ डम्बर चौकबाट सुरु भएको थियो भने जुलुसमा सहभागी बनेका मानिसहरूले बिभिन्न प्ला कार्डरू बोकेका थिए। पश्चिमबङ्गाल सरकारले आजसम्म गर्दै आइरहेको विभिन्न कार्यहरूको विरोधमा लेखिएका प्ला कार्डहरू बोकेर मानिसहरू ‘ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च’ मा सहभागी बनेका थिए। 
डम्बर चौकबाट सुरु भएको उक्त मार्च कालेबुङ मोटर स्ट्याण्डमा आइपुगेपछि विभिन्न कार्यक्रमहरू प्रस्तुत गरेको थियो। यस अवसरमा स्व. गोपाल योञ्जनका छोरा निर्माण योञ्जनले ‘झुक्दै नझुक्ने पहाडको छोरो’ गीत प्रस्तुत गरेका थिए। उसरीनै ‘पहल’ सांस्कृतिक टोलिले गोर्खाल्याण्ड आन्दोलनमा आधारित सडक नाटक ‘पोल’ प्रस्तुत गरेका थिए।
‘दार्जीलिङ पहाडमा गोर्खाल्याण्डको आन्दोलन चल्दैछ। आन्दोलनकारीहरूले आधुनिक हतियार चलाउँदैछन् भन्ने खुफिया रिपोर्ट छ। जाऊ तिमीहरू आन्दोलनकारीको घरमा छापामारी अभियान चलाऊ अनि हतियार बरामद गर्...’ नाट्यकलाकारहरूले राज्य सरकारले गोर्खाल्याण्ड आन्दोलनलाई कसरी हेरिरहेको छ अनि पुलिस लगाएर कसरी आन्दोलन दबाउँने प्रयास गरिरहेको छ भन्ने सन्देश नाटकबाट दिएका थिए। यसक्रममा पुलिसले उद्धार गरेको कोदालो, फरूवा, आर्चेरी जस्ता सामग्रीहरुलाई आधुनिक हतियार भनि देखाइएको कुरालाई पनि नाटकको माध्यमबाट देखाउँदै अन्तमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सङ्गठित बनेर लड्नुपर्ने आह्वान नाटक मार्फत गरिएको थियो। 

0 Response to "‘ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च’ कालेबुङमा सम्पन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.