-->
नेपाली साहित्य अकादमी होइन बङ्गालको सम्मान फिर्ता गर्नेछु – गुप्त प्रधान

नेपाली साहित्य अकादमी होइन बङ्गालको सम्मान फिर्ता गर्नेछु – गुप्त प्रधान

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २4 जुलाई। साहित्यकार गुप्त  प्रधानले साहित्य अकादमी पुरस्कार फिर्ता गर्ने भनि प्रकाशित समाचारको खण्डन गरेका छन्। उनले सन् २०१५मा प्राप्त गरेका साहित्य अकादमी पुरस्कार छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई साथ दिँदै फिर्ता गर्ने भनि प्रकाशित समाचारको खण्डन गरेका हुन्। 
‘साहित्य अकादमी पुरस्कार पाएपछि बङ्गाल सरकाले २०१६ को भानु जयन्तीका दिन उक्त पुरस्कारका निम्ति सम्मान गरेको थियो। दार्जीलिङको चौरास्तामा आयोजित कार्यक्रममा बङ्गाल सरकारको पक्षबाट सम्मान पत्र प्रदान गरि सम्मानित बनेको थिएँ। बङ्गाल सरकारबाट प्राप्त उक्त सम्मानलाई फिर्ता गर्ने निर्णय गरेको छु। बङ्गालबाट प्राप्त सम्मान पत्र फिर्ता गर्ने घोषणालाई अकादमी पुरस्कार फिर्ताको घोषणा भनेर समाचार प्रकाशित भएको छ। वास्तवमा त्यो साहित्य अकादमी पुरस्कार फिर्ता नभएर बङ्गाल सरकारले दिएको सम्मान फिर्ता गर्ने घोषणा हो’ कथाकार गुप्त प्रधानले स्पष्टिकरण दिँदै भने। 
आफुले बङ्गाल सरकारको सम्मानलाई छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पुलिसद्वारा चलेको गोलिकाण्डमा निर्दोष मानिसहरूको मृत्यु बनेपछि त्यसैको विरोध गर्दै अनि गोर्खाल्याण्ड आन्दोलनलाई साथ दिँदै बङ्गाल सरकारको सम्मानलाई फिर्ता गर्ने निर्णय लिएको पनि बताएका छन्। 

0 Response to "नेपाली साहित्य अकादमी होइन बङ्गालको सम्मान फिर्ता गर्नेछु – गुप्त प्रधान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.