-->
सर्वदलीय बैठकले लिएका निर्णयहरूः-

सर्वदलीय बैठकले लिएका निर्णयहरूः-

कालिमन्युज, कालेबुङ 11 जुलाई 2017: आज मिरिकमा गोर्खाल्याण्ड मुभमेंट कोअर्डिनेसन कमिटिले एक सभा बसेर निम्न निर्णयहरू लियो  - 
1. अर्को कुनै निर्णय नलिएसम्म अनिश्चितकालीन बन्द लगातार जारी रहनेछ
2. 13 जुलाई: भानुभक्त जयन्ती गोर्खा एकता दिवशको रूपमा  पालन गर्ने 
3. आगामी. 13 जुलाईदेखी बङ्गालले दिएको भानु पुरस्कार लगायत सम्पूर्ण मान-पदवी, सम्मान औ पुरस्कारहरू सरकारलाई नै फर्काईने पुरस्कार प्रापक सबै साहित्यकार र अन्य कलाकरहरूलाई आग्रह गर्ने
4. 14 जुलाईमा खाद्यान्न औ दैनिक उपभोग्य सामानहरू बोकेका वाहनहरू दार्जिलीङ पहाड़ औ सिक्किम आउन नदिएको विरोधमा सबै खण्ड विकाश अधिकारी, जिल्लापाल र महकुमा शासकको कार्यालय घेराउ गरिने।
5. 14 जुलाई 6 बजे बेलुकीभित्र सबै बोर्डका अध्यक्ष, उपाध्यक्ष र पदाधिकारीहरूलाई राजीनामा दिनका लागि आग्रह गर्ने; । राजीनामा नदिनेहरुलाई गोर्खाल्याण्ड विरोधि मानिने। 
6. 15 जुलाईदेखि गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी)-का नेताहरू  बिनय तामङ, निरज जिम्बा लगायत शिर्षस्थ  नेताहरू सचिव र सहसचिवहरु 14 वटाको प्रत्येक संस्थाबाट् 2 जना गरेर 11 बजेदेखि चौरास्तामा आमरण भोक हड़तालमा बस्नेछन्;
7. पहाड़मा खाद्यान्नप्रति लगाइएको नाकाबन्दी खोल्नका लागि सिलगढ़ीका सबै राजनैतिक पार्टी, नागरिक समाज, खाद्य विभाग र मानवाधिकारवादी संघ-संस्थाहरूलाई पत्र लेखेर आग्रह गर्ने
8. यति गर्दा पनि खाद्यान्नमाथिको नाकाबन्दी जारी रह्यो भने प पहाड आउने राशन अझै पनि बन्द गरे सम्पूर्ण पहाडवासी सिलगडीमा गएर सिलगढ़ी जाऊँअभियान शांत झोला जुलुस निकाल्ने । (मिति पछिबाट तय गरिनेछ)
9. सांसद आहलुवालियालाई केन्द्रिय भिजिलेन्स पठाउन, संसदमा कुरा उठाउन अनि यो अमानवीय कार्यको राष्ट्रव्यापी विरोधका लागि पहल गर्न दबाउसहितको आग्रह गर्ने
10. आमरण अनशनपछि नयाँ दिल्लीको जन्तर-मन्तरमा धरना, सांसद आहलुवालिया र अन्य सांसदहरूसँग लगातार भेट गरेर संसदमा कुरा उठाउन आग्रह गर्ने
11. अर्को बैठक 18 जुलाईको दिन तय गरिएको छ। यद्यपि अहिले नै जीएमसीसीको अर्को बैठकको स्थान निर्धारित भएको छैन।

12. पहाड़मा बंगाल सरकारले गराएको सम्पूर्ण हिंसात्मक घटनाहरूको सीबीआई जांच हुनुपर्ने  माग गरिने

0 Response to "सर्वदलीय बैठकले लिएका निर्णयहरूः- "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.