-->
गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले लेख्यो केन्द्रलाई पत्र

गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले लेख्यो केन्द्रलाई पत्र

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 9 जुलाई। दार्जीलिङ पहाडमा  अचानक अस्वाभाविक बनेको स्थितिलाई लिएर गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले केन्द्रलाई पत्र लेखेर हस्तक्षेपको माग गरेको छ। 
सोनादा अनि दार्जीलिङमा सुरक्षाबलले चलाएको गोलिले तीनजनाको मृत्यु भएपछि को-अर्डिनेसन कमिटिको आपतकालिन बैठक बसेर केन्द्र सरकारको हस्तक्षेपको माग गर्दै केन्द्रीय गृहमन्त्री, प्रधानमन्त्री अनि पश्चिम बङ्गालका राज्यपाललाई पत्रचार गरेर केन्द्रिय स्तक्षेपको माग गरेको छ। 
वैठकपछि सोनादा अनि दार्जीलिङमा प्रशासनले चलाएको गोलिले तीनजना युवकको मृत्यु भएको घट्नालाई को-अर्डिनेसन कमिटिले तिव्र विरोध जनाएको छ। उक्त घट्नापछि जीएमसीसीको एउटा आपतकालिन सभा सम्पन्न भएको थियो। वैठकमा जीएमसीसीका राजनैतिक दलका सदस्यहरूको उपस्थिति रहेको थियो। वैठक पछि जीएमसीसीका संयोजक कल्याण्ड देवानले पहाडका निर्दोष जनतालाई पुलिसले बिनाकारण गोलि चलाएर हत्या गर्ने कार्य गरिरहेको आरोप लगाएका छन्। 
‘पहाडमा गोर्खाल्याण्ड माग्ने जनतालाई पुलिसले जसरी गोलि चलाएर हत्या गरिरहेको छ त्यो अत्यन्तै निन्दनीय रहेको छ। गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटि यस घट्नाको तिव्र विरोध गर्दै न्यायिक जाँच हुनपर्ने माग गर्दछौँ’ कल्याण्ड देवानले भने। उनले बिनाकारण निर्दोष जनतालाई गोलि चलाएर हत्या गर्नु मानव अधिकारको हनन् हो भन्दै केन्द्र सरकारले यसबारे यथाशिघ्र परक्षेप ग्रहण गर्नुपर्ने गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले माग गरेको छ।
घट्नालाई लिएर गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले आजनै केन्द्रिय गृहमन्त्रालय, प्रधानमन्त्री अनि पश्चिम बङ्गालका राज्यपाललाई समेत पत्रचार गरेर जानकारी गराएको देवानले स्पष्ट पारेका छन्। ‘पहाडमा पुलिस प्रशासनको अत्याचार बढीरहेको छ। यस्तो अत्याचारले जनता अझ आक्रोशित बनिरहेका छन्। यदि केन्द्र सरकारले पुलिसी अत्याचारलाई रोक्ने कार्य नगरे भविष्यमा भयावह स्थिति सिर्जना हुनेछ अनि यसको सम्पूर्ण जिम्मेवार राज्य सरकार हुनेछ’ कल्याण देवानले अझ भने। 
यसक्रममा उनले पहाडका क्षेत्र भारतीय संविधानको पाँचौँ  अनुसूचीमा सुचीकृत भएर ‘सेड्युल’ क्षेत्र भनि घोषणा गरेको कारण अब यस क्षेत्रमा भइरहेको राज्य सरकारको आतङ्कलाई रोक्न राज्यपाल मार्फत भारतका राष्ट्रपतिले पहल गर्नुपर्ने पनि गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले माग गरेको देवानले बताएका छन्। सोहिक्रममा हाल राज्य प्रशासनले पहाड अनि सिक्किममा समतलबाट आवश्यकीय खद्यन्न बोकेका वाहनहरूलाई रोक्ने कार्य गरेको आरोप लगाउँदै यसबारे पनि केन्द्रिय खाद्य मन्त्रालयलाई पत्राचार गरेर हस्तक्षेपको माग गरेको बताएका छन्।  

0 Response to "गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटिले लेख्यो केन्द्रलाई पत्र"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.