-->
कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला दहन

कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला दहन

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 8 जुन 2017 । मिरिक अनि दार्जीलिङ पछि आज कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला दहन गरिएको छ। बङ्गला भाषालाई अनिवार्य गरिने मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणा पछि सुरु भएको विरोध अवधी आज उनको कालेबुङमा गोर्खा जनमुक्ति मोर्चाले पुत्ला दहन गरेको छ। 
मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला दहन गर्न अघि गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ शहरमा एउटा विरोध जुलुस निकालेको थियो। यहाँको पार्टी कार्यालयबाट सुरु भएको प्रतिवाद जुलुसले कालेबुङ शहर परिक्रमा गरिसकेपछि डम्बर चौकमा आइपुगेर पथसभामा परिणत भएको थियो। पथसभा सम्पन्न हुन अघि प्रतिवाद र्‍यालीमा निस्केका भीडले मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला दहन गरिएको हो। पुल्ता दहनको अवधी ‘मुख्यमन्त्री गो ब्याक’, ‘बङ्गला भाषा पढ्दैनौँ’ जस्ता नाराबाजी पनि लगाएका थिए।
यता पथसभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो केन्द्रिय समितिका सह सचिव सामुएल गुरुङले बङ्गला भाषा थोप्ने सरकारको नियलाई जमेर आलोचना गरेका थिए। ‘हामीले बङ्गला भाषा अनि बङ्गाली सम्प्रदायको विरोध जनाएका होइनौँ तर हामीमाथि जबरजस्ती भाषा थोप्ने जुन असंवैधानिक कार्य हुँदैछ त्यसको विरोध गरेका हौँ’ सामुएल गुरुङले भने। यसक्रममा उनले मुख्यमन्त्री ममता ब्यानर्जी अनि बङ्गालका अन्य मन्त्रीहरूले संविधानलाई अवहेलना गरेको आरोप लगाएका छन्। ‘राज्यकी मुख्यमन्त्री अनि मन्त्रीहरूले जुन संविधानलाई शिरमा राखेर सम्पूर्ण राज्यभरिका जातिसम्प्रदायभाषा अनि मानिसहरूलाई समान व्यवहार अनि न्याय दिने कसम खाएकी थिइन् आज त्यही संविधानको उल्लङ्घन गरेर जब्बरजस्ती भाषा थोप्ने काम गरिरहेकी छन्। संविधानले हामीलाई भाषिक अधिकार दिएको छ तर मुख्यमन्त्रीले संविधानको उल्लङ्घन गरिरहेकी छन्’ गुरुङले अझ भने।

0 Response to "कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला दहन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.