-->
आगजनी र तोडफोडको साथमा बड्दैछ जनताको भीड

आगजनी र तोडफोडको साथमा बड्दैछ जनताको भीड

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 19 जुन। निश्चितकालिन पहाड बन्दको क्रममा हजारौँ जनता गोर्खाल्याण्डको माग गर्दै सडकमा ओर्लिने क्रम जारी रहेको छ। कालेबुङ शहरको सडकमा आज पनि हजारौँ जनताले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै नाराबाजी गरेका थिए। अहिलेघरी दैनिक गोर्खाल्याण्डको माग गर्दै सडकमा ओर्लने जनताको भीड दैनिक वृद्धि भइरहेको छ। बन्दको पाँचौ दिनका निस्केको भिडले मुख्यमन्त्री ममता ब्यानर्जीको पुतला पनि दहन गरेको छ। हजारौँ सङ्ख्यामा निस्केको जुलुसले कालेबुङ शहर परिक्रममा गरिसकेपछि डम्बर चौकमा आइपुगेपछि मुख्यमन्त्री ममता ब्यानर्जीको पुत्ला दहन गरेको हो। यसक्रममा मानिसहरूले ‘मुख्यमन्त्री ममता ब्यानर्जी मुर्दावाद!’ भन्दै जोडदार नाराबाजी पनि लगाएका थिए।
अनिश्चितकालिन बन्दको पाँचौ दिनमा गोर्खा जनमुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, जन आन्दोलन पार्टीका कार्यकर्ताहरू एकैसाथ जुलुसमा हिँडेका थिए। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अब जनताको आन्दोलन भएको कारण जापले अब आफ्नो पार्टीको झण्डा पार्टी कार्यालयमा राखेर जनतासँगै जनता नै भएर जुलुसमा हिँड्ने घोषणा गरेपछि जापका कार्याकर्ताहरूसँगै क्रामाकपाका कार्यकर्ताहरू पनि आफ्नो दलको झण्डा त्यागेर जुलुसमा हिँडेका थिए। यसक्रममा केहि मोर्चा कार्यकर्ताहरूले भने गोजमुमो पार्टीको झण्डा बोकेका थिए।
अनिश्चितकालिन बन्दको पाँचौ दिन कालेबुङमा रिङकिङपोङ रोड स्थित चिल्ड्रेन पार्क नजिक सीआरपी बोक्ने बोलेरो वाहन तोडफोड गरिएको छ। उक्त घट्ना दिउँसो एक बजेतिर भएको हो। घट्नाको आरोपमा पुलिसले तत्कालै एक युवकलाई पक्राऊ गरे पनि पछिबाट उनलाई सोधपुछ गरेर छोड्ने कार्य भएको छ। पुलिसले युवकलाई पक्राऊ गरेको हल्ला एकाएक जुलुसमा निस्केका भीडले थाह पाएपछि उक्त भीड सोझै थाना घेराउ गर्न गएको थियो। पछिबाट पुलिसले तत्कालै युवकलाई छोड्ने कार्य गरेपछि भीडले थान घेराऊ गर्ने कार्य पनि गरेन।
अनिश्चितकालिन बन्दको पाँचौ दिन कालेबुङ जिल्लाको गैरीबासमा अवस्थित पुलिस आउटपोस्टमा आगो लगाएको घट्ना प्रकाशमा आएको छ। रातीको समयमा अज्ञात मानिसहरूले पुलिस आउटपोस्टमा आगो लगाएपछि उक्त आउटपोस्ट पूर्णरूपले जलेर खरानी भएको छ। यसका साथै आज दिउँसो राष्ट्रिय राजमार्गको कालिझोडामा पनि एक नीजी वाहनमा आगो लगाइएको घट्ना प्रकाशमा आएको छ। राष्ट्रिय राजमार्गलाई बन्दबाट छुट राखेको कारण अहिलेसम्म राजमार्गमा वाहनहरूको चलाचल भइरहेको थियो भने राजमार्गमा उक्त वाहनमा आगो लगाउदा वाहनमा सवार अनिकेत् छेत्री पनि आगोले गम्भिर रुपमा जल्दा सिकिस्त अवस्थामा सिलगडीको मेडिकल कलेज अस्पतालमा चिक्त्साधिन रहेको घट्ना प्रकाशमा आएपछि अहिलेघरी वाहनहरूको चलाचल ठप्प भएको थाह लागेको छ। 
यता सिक्किमगामी वाहनहरुलाई किर्ने आदि स्थानमा बन्द समर्थकहरुद्वारा रोक्ने काम भएपछि सिक्किमका पुलिस अधिकारीहरु अनि सांसद पि डी राईले उनीहरुसंग भेट गरेर बन्द खोलाउन सफल भए। कालेबुङ पुलिससंग बातचित भएपछि भोलिदेखि किर्ने, चित्रे, लोहापुल, कालिझोडा आदि स्थानमा अस्थायी पुलिस पिकेट् राख्ने निर्णय लिइयो। सिलगडी देखि सिक्किम र सिक्किमदेखि सिलगडी जाने वाहनहरु क्रमैले 2बजे र 5 बजे अपरान्ह अनि बिहान 8 अनि 11 बजे पुलिस सुरक्षासंग चलाचल गर्ने भएकोछ।  

0 Response to "आगजनी र तोडफोडको साथमा बड्दैछ जनताको भीड"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.