-->
जनआकङ्क्षा पुरा गर्न सर्वदलिय वैठक महत्वपूर्ण बनेको छ – मुनिष तामङ

जनआकङ्क्षा पुरा गर्न सर्वदलिय वैठक महत्वपूर्ण बनेको छ – मुनिष तामङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २८ जुन। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अहिलेघरी सम्पूर्ण राजनैतिक दलहरू एकबद्ध बन्नु गोर्खाल्याण्ड प्रेमी जनताको चाहना रहेको बताउँदै यसले निश्चय नै जनताको आकङ्क्षा पुरा गर्नमा ठुलो सहयोग पुग्ने भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामङले बताएका छन्। 
उनी भोलि हुने तेस्रो सर्वदलिय वैठकमा भाग लिनका निम्ति कालेबुङ आइपुगेका छन्। ‘गोर्खाल्याण्डको आन्दोलन जनताको आन्दोलन बनिसकेपछि अब जनता नै गोर्खाल्याण्ड प्राप्तिका निम्ति निर्णायक बन्ने सम्भावना छ। जनताले चाहे सबै सम्भव हुने अवस्थामा सबै गोर्खाल्याण्ड माग्नेहरू एउटै मञ्चमा एकत्रित बनिने कार्य राम्रो हो। सर्वदलिय वैठकले गोर्खाल्याण्ड प्राप्तिको बाटोमा सही मार्ग निकाल्नेछ भन्ने हामी विश्वास गर्छौँ’ मुनिष तामङले अझ भने। 
‘सर्वदलिय वैठकको अहिले ठूलो भुमिका रहेको छ। अहिलेघरी दार्जीलिङ पहाड मात्र नभएर भारतभरीकै गोर्खा लगायत विश्वकै गोर्खाहरूले गोर्खाल्याण्डका निम्ति समर्पित बनेका छन्। यसैकारण पनि जनताको आकङ्क्षालाई पुरा गर्न पनि सर्वदलिय वैठक महत्वपूर्ण बनेको छ’ तामङले पत्रकारहरूले अझ भने। 
उनले हाल छुट्टै राज्यका निम्ति जनताको सहभागीता व्यापक बनेको कारण यसपल्ट कुनै पनि राजनैतिक दलले एकल निर्णय गरे जनताले माफी नगर्ने स्थिति आएको पनि उनले बताएका छन्। 
‘जनताको माग सबै एकहुनपर्छ भन्ने हो अनि हामी गोर्खाल्याण्ड माग्नेहरू सङ्गठित बनेर एक बनेका छौँ’ तामङले अझ भने। उनले सर्वदलिय वैठकले जनताको हितमा भविष्यमा राम्रो कार्य गर्ने आशा व्यक्त गर्दै यसले भारतभरीका गोर्खाल्याण्ड प्रेमी सबैवर्गका मानिसहरूलाई जोडेर आन्दोलनलाई व्यापकरूपले अघि बडाउँदै सरकारलाई दबाऊ दिने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गरेका छन्।

0 Response to "जनआकङ्क्षा पुरा गर्न सर्वदलिय वैठक महत्वपूर्ण बनेको छ – मुनिष तामङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.