-->
‘गोर्खाल्याण्ड पर्सनल’ पुन:सञ्चालनमा गरिनेछ – कर्णल रमेश आले .... पेट्रोल बोक्ने वाहन सिक्किम नजाने

‘गोर्खाल्याण्ड पर्सनल’ पुन:सञ्चालनमा गरिनेछ – कर्णल रमेश आले .... पेट्रोल बोक्ने वाहन सिक्किम नजाने

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 19 जुन। ‘गोर्खाल्याण्ड पर्सनल’ (जीएलपी) पहाडमा पुन:सञ्चालनमा आउने भएको छ। उक्त कुराको जानकारी भूपू सैनिक मोर्चाका नेता एवम् जीटीए उपप्रमुख कर्णल रमेश आलेले जानकारी दिएका छन्। पुलिस प्रशासन र सैनिक जनताको सुरक्षाको निम्ति भए पनि पहाडमा प्रशासनले जनतालाई गोलि हानेर हत्या गरेको भन्दा शान्ति सुरक्षाका निम्ति जीएलपीलाई पुन: सञ्चालनमा ल्याउने अप्रा. कर्णल रमेश आलेले बताएका हुन्।
पहाडमा बङ्गाल प्रशासनले हाम्रो शान्ति जुलुस बिथोल्योहाम्रा मानिसहरूलाई गोली हान्योयो राज्यको गणतान्त्रिक कदम होइन। पुलिस र सेना मानिसहरूको सुरक्षाको निम्ति हो। हत्या गर्नको निम्ति त्यसलाई प्रयोग गर्नु हुँदैन। जनताको सुरक्षा कसरी गर्नुपर्छ अब हामी बङ्गाल सरकारलाई देखाउनेछौँ- जीटीए उपप्रमुख आलेले भने। हामी फेरि अब जीएलपी पुनर्गठन गर्दैछौँ’ आलेले अझ थपे।
पत्रकारहरूसँग कुराकानी गर्दै उनले गोर्खाल्याण्डको आन्दोलन अब नेताको हातबाट निस्किएर जनताको हातमा गइसकेको कुरा पनि स्वीकार गरेका छन्।  जनताले आन्दोलनको निम्ति सडकमा विभिन्न कार्यक्रमहरू गरिरहेको छ। दार्जीलिङमा बङ्गाल पुलिसले उनीहरूमाथि गोली चलायो। हामीलाई जनताको सुरक्षाको निम्ति जीएलपी फेरि अनिवार्य बन्यो। त्यसैको लागि 5 हजार जीएलपीलाई फेरि सङ्गठित गर्ने काम शुरु भइसकेको छउनले अझ भने।
जीएलपीले अघिल्लो आन्दोलनमा सामाजिक सेवा र जनसरोकारका निम्ति कार्य गर्दै जनताको सुरक्षा गरेर आफ्नो परिचय दिइसकेको बताउँदै यसलाई शङ्काको दृष्टिले हेर्न नहुने पनि उनले अपिल गरेका छन्। आन्दोलित जनताको सुरक्षा र बङ्गाल पुलिसले उनीहरूमाथि गर्नसक्ने ज्यादतिबाट बँचाउन उनीहरूको भूमिका रहनेछ,’ उनले भने। जीएलपी पहाडमा गणतान्त्रिक कायम राख्न तयार पारिएको बाहिनी हो। उनीहरूले आपदविपदमा सहयोग गर्नेछ। कुनै पनि हिंसात्मक काम उनीहरूले गर्ने छैनन्। बरु हिंसाबाट जनतालाई जोगाउनेछन् आलेले स्पष्टिकरण दिँदै भने।
पेट्रोल बोक्ने वाहन सिक्किम नजाने
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 19 जुन। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनले सिक्किम राज्य पुन: अछुत नहुने स्पष्ट बनेको छ। पहाडमा गोर्खाल्याण्ड आन्दोलन चर्केपछि अब ‘प्रगतीशील ट्याङ्कर ड्राईभर एसोसिएशन’ले बिहाबारदेखि पेट्रोल लिएर सिक्किम जाने सङ्गठन अन्तर्गत रहेको सम्पूर्ण वाहनहरूमाथि रोक लगाएको छ। सङ्गठन अन्तर्गत कूल १ सय भन्दा अधिक वाहनहरू रहेको जसमध्ये प्रतिदिन ६० देखि ७० वटा वाहनहरू पेट्रोल लिएर सिक्किम जाने गरेको भए पनि बिहीबारदेखि उक्त कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय एसोसिएसनले लिएको छ। एसोसिएशनका अध्यक्ष बिगेन्द्र लामाले उक्त कुराको जानकारी गराउँदै गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउन नै एसोसिएसनले यो कदम उठाएको स्पष्टिकरण दिएका छन्। ‘पहाडमा गोर्खाल्याण्डको आन्दोलन चर्केको छ। त्यस आन्दोलनलाई साथ दिँदै अब ट्याङ्करले तेल बोकेर सिक्किम नजाने निर्णय गरेको छ’ अध्यक्ष बिगेन्द्र लामाले भने। 

0 Response to "‘गोर्खाल्याण्ड पर्सनल’ पुन:सञ्चालनमा गरिनेछ – कर्णल रमेश आले .... पेट्रोल बोक्ने वाहन सिक्किम नजाने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.