-->
कालेबुङमा दुईवटा मुगा उत्पादन केन्द्रमा आगजनी

कालेबुङमा दुईवटा मुगा उत्पादन केन्द्रमा आगजनी

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २८ जुन। अनिश्चितकालिन बन्दको 14 औँ दिन कालेबुङमा सेरिकल्चर विभागको मुगा उत्पादन केन्द्रमा आगो लगाइएको छ। इष्टमेनरोडमा अवस्थित मोठ दुईवटा मुगा उत्पादन केन्द्रमा आगो लगाइएको छ भने दुवैवटा मुगा उत्पादन केन्द्र जलेर पूर्णरूपले नष्ट भएको छ। यसका साथै सेरिकल्चर विभागकै एउटा ‘फरेन रेस सिड स्टेसन’ अधिक्षकको कार्यालयमा पनि आगो लगाइएको थियो भने उक्त कार्यालय भने आंशिक रूपले जलेको छ। 
इष्टमेन रोडमा अवस्थित दुईवटा मुगा उत्पादन केन्द्र मध्ये एउटामा रातीनै आगो लगाउने कार्य भएको थियो भने अर्को मुगा उत्पादन केन्द्रमा भने आज दिउँसो आगो लगाइएको हो। रातीको समयमा अज्ञात मानिसहरूले मुगा उत्पादन केन्द्रमा आगो लगाएपछि उक्त केन्द्र जलेर पूर्णरूपले नष्ट भएको छ भने केन्द्रमा रहेका सम्पूर्ण मुगा पनि जलेर स्वाह भएको छ। 
आगलागीको जानकारी पाउनसाथै अग्निसमन विभागका कर्मीहरूले दमकल लिएर घट्ना स्थलमा पुगे पनि केन्द्र भने पूर्णरूपले जलेको छ। यसका साथै आज दिउँसो लगभग साढे एक बजेतिर पुन: अज्ञात बदमाशहरूले सोहि क्षेत्रमा अवस्थित अर्को मुगा उत्पादन केन्द्र लगायत ‘फरेन रेस सिड स्टेसन’ अधिक्षकको कार्यालयमा आगो लगाउने कार्य गरेको हो। 
अज्ञात मानिसहरूले आगो झोसेपछि उक्त मुगा उत्पादन केन्द्र पनि जलेर नष्ट भएको छ भने केन्द्रमा रहेका सम्पूर्ण उत्पादित मुगाहरू पनि आगोको चपेटमा परेर नष्ट भएको छ। सोहि केन्द्रकै नजिकमा रहेका ‘फरेन रेस सिड स्टेसन’ अधिक्षकको कार्यालयमा पनि अज्ञात मानिसहरूले आगो झोसे पनि उक्त कार्यालयमा भने स्थानीय मानिसहरूले आगोलाई नियन्त्रणमा लिने कार्य गरेको कारण कार्यालयको आधा भाग मात्र जलेको छ। 
कार्यालयमा लगाइएको आगोलाई तत्काल नियन्त्रणमा लिएको कारण कार्यालय भित्र रहेका सम्पूर्ण कागजपत्रलाई भने मानिसहरूले सुरक्षित बाहिर निकाल्न सकेका थिए। घट्नाको जानकारी पाउन साथै कालेबुङ अग्निसम विभागको दुईवटा दमकल घट्नास्थालमा पुगेर आगोलाई नियन्त्रणमा लिने कार्य गरेको थियो। 
आगोलाई पूर्णरूपले नियन्त्रणमा ल्याउनका निम्ति अग्निसमन विभागका कर्मीहरूले निकै परिश्रम गर्न परेको थियो। उनीहरूले आगोलाई नियन्त्रणमा ल्याउने कार्य गरे पनि मुगा उत्पादन केन्द्रको भित्रको सम्पूर्ण भाग भने उत्पादित मुगासँगै जलेर खरानी भएको छ।

0 Response to "कालेबुङमा दुईवटा मुगा उत्पादन केन्द्रमा आगजनी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.