-->
जन आन्दोलनलाई साथ दिँदै जापले थन्कायो दलीय झण्डा झण्डा ..... त्यागौँ अनि जन स्वार्थमा आन्दोलनलाई अघि बडाऊँ – डा. हर्कबहादुर छेत्री

जन आन्दोलनलाई साथ दिँदै जापले थन्कायो दलीय झण्डा झण्डा ..... त्यागौँ अनि जन स्वार्थमा आन्दोलनलाई अघि बडाऊँ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 19 जुन। जन आन्दोलन पार्टीले आफ्नो दलको झण्डा आजदेखि पूर्णरूपले थन्काएको छ। गोर्खाल्याण्डको आन्दोलन जनताको आन्दोलन रहेको भन्दै पार्टीको झण्डा जापले थन्काएको हो। 
‘गोर्खाल्याण्डको आन्दोलन जनताको आन्दोलन हो। अर्थात् यो ‘जन आन्दोलन हो’। यसैकारण जनताको आन्दोलनमा जनता भएर अघि बड्नलाई जापले आफ्नो झण्डा थन्काएको हो’ डा हर्कबहादुर छेत्रीले भने। ‘हामी जनभावनालाई कदर गर्दै जनताको स्वार्थलाई मध्यनजर राखेर आजदेखि आफ्नो दलको झण्डा औपचारिक रूपले थन्काएर जन आन्दोलनमा ओर्लिएका हौँ’ छेत्रीले अझ भने। 
यस अवसरमा जाप पार्टी कार्यालयमा अध्यक्ष डा. हर्कबहादुर छेत्री लगायत अन्य कार्यकर्ताहरूले पनि दलको झण्डा बक्सामा थन्काउने कार्य गरेका थिए। ‘आजको परिस्थितिमा पटेकालाई बम भनेर देखाउने कार्य भइरहेको छ। मधेसका कलेजमा हुने चुनावमा खुलेआम बन्दुक बोकेर हिँडेको दृष्यहरू देखाइन्छ तर पहाडमा भने पटेका देखाएर गोलाबारुद र हात-हतियार भन्दै यस गणतान्त्रिक आन्दोलनलाई आतङ्ककारी आन्दोलन भन्ने प्रयास गरिरहेको छ। यो शान्तिपूर्ण आन्दोलनलाई दबाउने सरकारको प्रयास हो’ डा. छेत्रीले भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै पहाडमा इन्टरनेट सेवा बन्द गरेर सूचनाको अधिकारलाई समेत बञ्चित गर्ने सरकारले प्रयास गरिरहेको बताएका छन्। ‘अब सबै राजनैतिक दलले आफ्नो दलीय स्वार्थ त्याग्नुपर्छ। जातिय उन्मुक्तिको आन्दोलनलाई दलिय स्वार्थको होइन भनेर सम्पूर्ण राजनैतिक दलले अबको आन्दोलनमा आ-आफ्ना राजनैतिक झन्डा त्यागेर आन्दोलन ओर्लिने आह्वान गर्छौँ’ डा. छेत्रीले अझ भने। 
उनले आन्दोलनमा जबसम्म राजनैतिक दल झण्डा हुन्छ त्यहाँ दलीय स्वार्थ लुकेको हुनाले जनताले जनताको आन्दोलन सम्झेर आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनका निम्ति अब दलीय झण्डा त्याग्नुपर्छ’ उनले अझ भने। उनले जनभावनालाई कदर गर्दै अनि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई साथ दिँदै गोर्खा जनमुक्ति मोर्चाले डाकेको सर्वदलिय जन आन्दोलन पार्टीले पनि भाग लिने डा. हर्कबहादुर छेत्रीले स्पष्ट पारेका छन्।

0 Response to "जन आन्दोलनलाई साथ दिँदै जापले थन्कायो दलीय झण्डा झण्डा ..... त्यागौँ अनि जन स्वार्थमा आन्दोलनलाई अघि बडाऊँ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.