-->
दार्जीलिङमा फेरि जन्मियो अर्को पार्टी ‘गोर्खा एकता मोर्चा’

दार्जीलिङमा फेरि जन्मियो अर्को पार्टी ‘गोर्खा एकता मोर्चा’

 कालिमन्युज, दार्जीलिङ, 11 जून। छुट्टै राज्य गठन गर्न दार्जीलिङमा पुन अर्को राजनैति दलको जन्म भएको छ। 
गोर्खा एकता मोर्चा नाम राखिएको उक्त पार्टिको गठन दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा भएकोछ। अलग राज्यको नाम पनि गोर्खाखण्ड राखेको यस दलले छुट्टै राज्य गठन गर्ने उद्धेश्य राखेर गठित यस पार्टीको अध्यक्ष नै नचुनिएको र केवल उपाध्यक्ष मात्रै चुनिएको बताइएको छ। 
निलो,पहेंलो र् रातो रङ्गको झण्डा सार्वजनिक गरेको यो पार्टीले नैतिक राजनीति गर्ने भनिएकोछ। उपाध्यक्ष अनुप राणाले यस पार्टीले आज यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा बसेको बैठक मा दार्जिलिङ कालेबुँगबाट जम्मा ६० जना भेला भएको बताए । गोर्खाहरूको अलग राज्य हुनु पर्छ, जातीय सुरक्षा र आफ्नो भावि सन्तानको निम्ति सबैले अलग राज्य गोर्खाखण्डको नारालाई राष्ट्रब्यापी प्रचार प्रसार गरौं भन्ने आहवान गरिएको सभामा केन्द्रिय समिति उपाध्यक्ष अनुप राणा, कोषाध्यक्षा अनिता सिहं, सहकोषाध्यक्ष ग्याम्छो शेर्पा, दार्जीलिङ्ग शाखाबाट शाखा अध्यक्ष बिकास राई अनि कालेबुङ शाखा अध्यक्ष ज्ञान सुब्बा, सचिव दिपक प्रधान अनि अन्य पदाधिकारीहरु उपस्थित थिए ।

0 Response to "दार्जीलिङमा फेरि जन्मियो अर्को पार्टी ‘गोर्खा एकता मोर्चा’"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.