-->
मङ्पूमा आइटीआई कलेजको अस्थायी कार्यलयमा झोसियो आगो

मङ्पूमा आइटीआई कलेजको अस्थायी कार्यलयमा झोसियो आगो

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 9 जुन 2017 । गोर्खा जनमुक्ति मोर्चाले डाकेको 12 घण्टाव्यापी पहाड बन्दको अवधी आज मङ्पूमा निर्माणाधिन आइटीआई कलेजको अस्थायी कार्यलयमा आगो लगाइएको छ। मङ्पू सिन्कोना बगानमा निर्माणाधिन आइटीआई कलेजको अस्थायी कार्यलयमा बन्द समर्थकहरूले बिहान 11 बजेतिर एकाएक आगो लगाइएको खबर प्राप्त भएको छ। 
बन्द समर्थकहरूले अस्थायी कार्यलयमा आगो लगाएपछि उक्त अस्थायी कार्यालय जलेर पूर्णरुपले नष्ट भएको छ। यसका साथै बन्द समर्थकहरूले मङ्पू सिन्कोना निर्देशालय भवन पनि तोडफोड गरेको समाचार प्राप्त भएको छ। 
बन्द समर्थकहरूले मङ्पूमा निर्माणाधिन आइटीआई कलेजको अस्थायी कार्यालयमा आगो लगाउनका साथै सिन्कोना निर्देशालय भवनलाई पनि तोडफोड गरेपछि स्थिति निकै तनावपूर्ण बनेको थियो। पछिबाट घट्ना स्थलमा तत्कालै पुलिस बल पुगेपछि भने बन्द समर्थकहरू अन्यन्त्र गएर स्थिति सामान्य बनेको थियो।

0 Response to "मङ्पूमा आइटीआई कलेजको अस्थायी कार्यलयमा झोसियो आगो "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.