-->
बङ्गला भाषा बाध्यतामूलक: विरोधमा फर्फरायो कालो झण्डा

बङ्गला भाषा बाध्यतामूलक: विरोधमा फर्फरायो कालो झण्डा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 1 जुन। बङ्ला भाषालाई राज्यभरी आगामी शैक्षिक सत्रदेखि बाध्यतामूलक भाषाका रूपमा लागु गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेको विरोधमा आज कालेबुङ शहरभरी कालो झन्डा फर्फराएको छ। राज्य सरकारको नीतिको विरोधमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले कालेबुङ शहरभरी कालो झन्डा लगाएर विरोध जनाएको छ। 
राज्य सरकारले बङ्गला भाषालाई बाध्यतामूलक गराएको विरोधमा मोर्चाले डाकेको दुई दिवसीय स्कूल कलेज बन्दको पहिलो दिन आज कालेबुङका सम्पूर्ण विद्यालयहरू बन्द रहेको थियो। परिक्षालाई बन्दबाट छुट राखिएको कारण महाविद्यालयहरूमा परिक्षा भने सम्पन्न भएको थियो भने पठन पाठनको कार्य भने भएन। प्राय सबै विद्यालयहरूमा शिक्षण अनि शिक्षण कर्मचारीहरु उपस्थित भएपनि विध्यार्थीहरुको उपस्थिति नगन्य अनि कही शुन्यप्राय भएकोले पठन पाठन हुन सकेन अत: विध्यालयहरु बन्द गरिएको जनाइएकोछ। प्राप्त जानकारी अनुसार प्राय सबै विध्यालयहरुको कार्यालयहरु समय भित्रै खोलेर पठन पाठन बाहेक अन्य सामान्य काम गरिए तर विध्यार्थीहरुको अनुपस्थिति तथा केहीमा थोरै भएकोले समयभन्दा अघि नै विध्यालयहरु पुन बन्द
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका कार्यकर्ताहरूले सरकारको त्रीभाषा फर्मुला अन्तर्गत बङ्गला भाषालाई बाध्यतामूलक गराइएको विरोधमा सडकमा ओर्लिएर् कालो झण्डा लगाउने कार्य गर्दा प्रशासनले कार्वाही समेत गर्न सकेन। विद्यार्थी मोर्चाका कार्यकर्ताहरूले शहरको मुख्य ठाउँहरूमा कालो झन्डा लगाउने कार्य गर्दा पुलिस प्रशासन तैनाथ रहे पनि उनीहरू केवल मुक दर्शक मात्र बनेको देखियो। मोर्चाले स्कूल कलेजलाई बन्द डाकेपछि यता जिल्ला प्रशासनले सम्पूर्ण विद्यालयहरू खुल्ला राख्ने अपिल गरेपनि जिल्ला प्रशासनको अपिललाई समेत टेरेनन् फलस्वरुप विद्यार्थीवर्गहरू विद्यालय गएनन् जसको कारण मोर्चाले डाकेको बन्द पूर्ण रूपले सफल बनेको छ।
यता बङ्गला भाषालाई बाध्यतामूलक गरिएको सम्बन्धमा बोल्दै गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका भूषण तामाङले सरकारले भाषिक अतिक्रमण गरेर नेपाली भाषी गोर्खाहरूलाई थिचोमिचो गरेको आरोप लगाएका छन्। ‘पश्चिम बङ्गाल सरकारले पहिला जात-जातमा छुट्टाएर गोर्खाहरूलाई मास्ने षड्यन्त्र गऱ्यो अहिले भाषामाथि अतिक्रमण गर्दैछ’-गोजविमो केन्द्रीय सचिव भूषण तामाङले भने। यसक्रममा उनले बङ्गाल सरकारको यस्तो षड्यन्त्रविरूद्ध सबैलाई अघि आइदिने आह्वान समेत गरेका छन्। उनले पहाडमा मात्र होइन तर तराई-डुवर्समा पनि बङ्गला भाषा अनिवार्य गर्न नपाउने चेताउनी दिँदै पहाडमा सबै विद्यार्थीहरू बङ्गला भाषा थोप्ने सरकारको नीतिविरूद्ध रहेको बताएका छन्।
स्मरण रहोस, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा त्रिभाषा फर्मुलाको प्रयोग गर्दै राज्यभरी बङ्गला भाषालाई एउटा बाध्यतामूलक भाषाका रुपमा पठन-पाठन गर्नुपर्ने घोषणा गरेपछि अहिलेघरी चौतर्फी विरोध सुरु भएको हो। मुख्यमन्त्री ममता ब्यानर्जीले गत 16 मईका दिन राज्यमा त्रिभाषा फर्मुलाको प्रयोग गर्दै पहिलो अनि दोस्रो भाषाका रुपमा विद्यार्थीवर्गले आफ्ना रुची अनुसारको भाषा पढ्न पाउने अनि तेस्रो भाषाका रुपमा भने बङ्गला भाषालाई पढ्नै पर्ने घोषणा गरिसकेकी छन्। तेस्रो भाषाका रुपमा बङ्गला भाषालाई पढ्नै पर्ने बाध्यतामूलक गरेपछि अहिलेघरी पहाडमा विशेष गरेर राज्य सरकारको त्रिभाषा फर्मुलाको विरोध सुरु भएको छ। सुरुमा बङ्गला भाषालाई अप्सनल रुपमा राखेको बयानहरू पनि आएको थियो तर पछिबाट राज्यकै मुख्यमन्त्रीले बङ्गला भाषालाई त्रिभाषा फर्मुला अन्तर्गत बाध्यतामूलक गरिने घोषणा गरेपछि रुष्ठ बनेर राज्य सरकारको नीतिको विरोध गरिरहेका छन्।

0 Response to "बङ्गला भाषा बाध्यतामूलक: विरोधमा फर्फरायो कालो झण्डा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.