-->
जापलाई हराउन गोजमुमो तृणमूलको साँठ-गाँठ रहेको छ – डा. हर्कबहादुर छेत्री

जापलाई हराउन गोजमुमो तृणमूलको साँठ-गाँठ रहेको छ – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 10 मई। चुनाव प्रचारको अन्तिम दिन जन आन्दोलन पार्टीले कालेबुङ शहरमा जुलुस निकालेर जनसभा आयोजना गरेको छ। ‘एक मौका जापलाई’ स्लोगान लगाएर जाप कार्यकर्ताहरूले कालेबुङ शहरमा जुलुस निकालेका थिए भने उक्त जुलुसले शहर परिक्रमा गरिसकेपछि थाना डाँडामा आएर जनसभामा परिणत भएको थियो।
गोजमुमो पार्टीको चुनावी सभा गर्ने समय सिमा नाघेर पनि मेला ग्राउण्डमा जनसभाभा  चलिरहेको अवस्थामा जाप कार्यकर्ताहरूले चुनावी जुलुस निकाले पछि तनाव हुने सम्भावना बढे पनि कुनै तनाव भएन। यद्यपि पछिबाट मोर्चाको जनसभा समाप्त भएर जापको जनसभा चलिरहेको अवस्थामा जुलुस निस्केपछि भने शहरमा तनावपूर्ण वातावरण बनिएको थियो। जसलाई साम्य पार्न थाना प्रभारी सडकमा आफै ओर्लिएका थिए।
‘कालेबुङ शहरलाई भ्रष्टचारिहरूले बर्बाद बनाएको छ। यस्ता भ्रष्टचारिहरूलाई जनताले पुन: चुनेर नगरपालिकालाई भ्रष्टचार गर्नेहरूको अखडा बन्न नदिनका निम्ति जन आन्दोलन पार्टी अघि आएको छ’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले जनसभालाई सम्बोधन गर्दै भने। यसक्रममा उनले नगरपालिका चुनावमा जापलाई परास्त गर्नका निम्ति गोजमुमो अनि तृणमूल कङ्ग्रेसमाझमा साँठ गाँठ रहेको आरोप पनि लगाएका छन्। 
‘नगरपालिकामा जापले बोर्ड बनाएको खण्डमा पहिलो प्राथमिकता पानीलाई दिनेछ। यसको साथै हामी भ्रष्टचार मुक्त नगरपालिका निर्माण गर्नेछौँ। आज गोजमुमो र तृणमूल सबै भ्रष्टचारिहरूको अखडा हो। दुवै दलले नगरपालिकालाई भ्रष्ट बनाउनेछ’ डा. छेत्रीले भने। उनले तृणमूल कङ्ग्रेसका नेताहरू अहिलेघरी नारदा, सारदा, रोजभ्याली जस्ता कम्पनीहरूको पैसा खाएर बसेको बताउँदै भ्रष्ट रहेको आरोप लगाएका छन्। 
यसक्रममा अहिलेघरी भोट माग्नका निम्ति तृणमूल कङ्ग्रेसले कालेबुङको वार्डहरूमा भाडामा मानिसहरू लिएर घुमाएको आरोप पनि लगाए। ‘तृणमूलको मन्त्रीहरू जनतालाई भोट माग्न जाँदा त्यहाँ केवल वार्डका प्रार्थी मात्र चिनेका हुन्छन्। अन्य पछि आउनेहरू सबै भाडामा ल्याएकाहरू हुन्’ डा. छेत्रीले आरोप लगाए। 
उनले नगरपालिका चुनाव गोर्खाल्याण्ड मुद्दाको निम्ति लड्ने चुनाव नरहेको कारण जनतालाई भावनात्मक मुद्दामा मोर्चाले लट्टाउने कार्य गरेको पनि आरोप लगाएका छन्। ‘नगरपालिकाले जनतालाई दिनै पर्ने सुख सुविधा र सहुलियतहरू आजसम्म दिएन। त्यहीँ मौलिक हक र अधिकार दिलाएर नगरवासीलाई समस्या मुक्त बनाउँन नै जन आन्दोलन पार्टी संकल्पित छ’ डा. छेत्रीले भने। 

0 Response to "जापलाई हराउन गोजमुमो तृणमूलको साँठ-गाँठ रहेको छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.