-->
मुद्दा बिना अनशन बसेर समय नष्ट गर्नु हुँदैन – विमल गुरुङ

मुद्दा बिना अनशन बसेर समय नष्ट गर्नु हुँदैन – विमल गुरुङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 25 मई। ‘मुद्दा बिनाको धरना बसेर कुनै औचित्य नै छैन’ उक्त कुरा विमल गुरुङले जाप युवा एकाईद्वारा गरिएको आमरण अनशनको प्रतिक्रिया दिँदै भनेका हुन्। उनी आज कालेबुङबाट दार्जीलिङ प्रस्थान गर्न अघि जाप युवा एकाईले सुरु गरेको आमरण अनशनबारे प्रश्न गर्दा उनले आफ्नो प्रतिक्रिया दिएका हुन्। 
‘बिना कारण अनशन बसेर केहि लाभ हुँदैन। मुद्दा बिना अनशन बसेर समय नष्ट गर्नु हुँदैन। बिनाकारण मान्छेको जीवनलाई नष्ट गर्नु उचित होइन। अनशन गर्नु हो भने ठोस मुद्दा हुनपर्छ। अनशन गर्नै हो भने जातिको हितमा गर्नुपर्छ। जाति उन्मुक्तिको निम्ति गर्नुपर्छ। यसकारण म अनशन बस्नेहरूलाई यस्तो बिना मुद्दामा अनशन नबस्ने अपिल गर्दछु’ विमल गुरुङले स्पष्ट भने। 
उनले हाल जाप युवा एकाईले गरिइरहेको अनशन मुद्दाविहिन अनशन रहेको आरोप लगाउँदै हाल नेपाली भाषा माथि आक्रमण चलिरहेको अवस्थामा भाषाका निम्ति अघि आउनुपर्ने आह्वान गरेका छन्।

0 Response to "मुद्दा बिना अनशन बसेर समय नष्ट गर्नु हुँदैन – विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.