-->
तृणमूल-गोजमुमो दुवै पहाडको हितमा नरहेको जापको दावी .... तृणमूलले बोर्ड दिएर भोट देऊ भन्दैछ – डा. हर्कबहादुर छेत्री

तृणमूल-गोजमुमो दुवै पहाडको हितमा नरहेको जापको दावी .... तृणमूलले बोर्ड दिएर भोट देऊ भन्दैछ – डा. हर्कबहादुर छेत्री

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, ५ मई। ‘कल्चर एवम् डेभलपमेन्ट बोर्ड आज आएर देख्दैछौँ यो पूर्णरुपले ‘पोलिटिकल’ बोर्ड हो। सरकारले यो पोलिटिक्सलाई नदेखोस् भनेर बोर्डको नाउँ अघाडी ‘कल्चर एन्ड डेभलपमेन्ट’ जोडिएको आज स्पष्ट बनेको छ’ – उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्। उनले विशेष कुराकानीको क्रममा कुनै पनि जातिको विकास गर्नका निम्ति गठन भएको विकास बोर्ड राम्रो भए पनि त्यस बोर्डलाई यदि राजनैतिक उद्देश्य पुर्तिका निम्ति गठन गर्नु भने दुर्भाग्यजनक हो भने।
‘विकास बोर्डलाई चुनाव प्रचारमा उतार्नु राजनीतिमा पनि सबैभन्दा तल्लो स्तरको राजनीति हो। यस अर्थमा बोर्ड दिएर ‘भोट देऊ’ भनेका हुन् भन्ने स्पष्ट भयो’ डा. हर्कबहादुर छेत्रीले भने। उनले विकास वोर्डका नेतृत्ववर्गलाई चुनाव प्रचारमा उतार्ने कुरा अघि आएको सन्दर्भमा दुख व्यक्त गर्दै अब विकास बोर्ड पूर्णरुपले राजनैतिक बोर्ड रहेको प्रमाणित भएपछि भोलिको दिनमा सरकारले राजनैतिक उद्देश्यपुर्तिका निम्ति बोर्ड सम्बन्धमा कुनै पनि राजनैतिक निर्णय लिनसक्ने डा. छेत्रीले बताएका छन्।
‘उसै त जीटीए पनि एउटा बोर्ड नै हो। पहाडको बिकासका निम्ति गठन गरिएको विकास बोर्डले जनताले हितमा बिकास कार्य नगरेपछि जातगत बोर्ड सरकारले बनाएको हो। जीटीएले विकास त गरेन नै तर भोट पनि उनीहरूलाई नदिने भएपछि सरकारले आखिरमा विकास बोर्डलाई नै आधार बनाएर बोर्ड दिएर भोट देऊको राजनीति गरेको नगरपालिका चुनावले प्रस्टै बनायो। त्यसो हो भने जनताले कसलाई चुन्नु भन्ने सही निर्णय गर्ने यो सही समय हो’ डा. हर्कबहादुर छेत्रीले विशेष कुराकानीको क्रममा भने। 
उनले कुराकानीकै क्रममा गोजमुमो अनि तृणमूल कङ्ग्रेस दुवै राजनैतिक दलले जनताको पैसालाई पूर्णरुपले दुरुप्रयोग गरेको आरोप लगाएका छन्। नगरपालिका चुनावको मुखैमा कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा नै नगर प्रशासनको पक्षबाट एक-एकवटा मैला फ्याँक्ने ढ्वाङ निर्माण गरेको अनि प्रत्येक ढ्वाङ निर्माणको कार्य तृणमूल कार्यकर्ताहरूले पाएको आरोप पनि लगाएका छन्। ‘एक लाख लागतको मैला फ्याँक्ने ढ्वाङ नगरपालिका चुनाव आउन अघि कसरी बनियो? त्यस मैला फ्याँक्ने ढ्वाङ निर्माणको कार्य कसरी तृणमूल कार्यकर्ताहरूले मात्रै पाए? यो संयोग होइन भोट बटुल्न गरिएको सुनियोजित कार्य हो’ डा. छेत्रीले भने।
जीटीएको सत्ता सम्हाल्ने गोजमुमो पार्टीले पनि जनताको पैसा उसरी नै दुरुप्रयोग गरेको आरोप डा. छेत्रीले लगाएका छन्। ‘नगरपालिकामा पहिलाको बोर्डमा बस्ने गोजमुमो पार्टीले के काम गर्‍यो? नगरवासिले के सुविधा पाए? खातामा मात्रै विकास गरेको हामीले आरटीआई गरेर सत्य उजागर गरिदिएका छौँ। वास्तवमा उनीहरूले कर तिर्ने जनताको पैसालाई दुरुप्रयोग गरेर भ्रष्टचार मात्र होइन अपराधको कार्य गरिरहेका छन्’ डा. छेत्रीले भने।

0 Response to "तृणमूल-गोजमुमो दुवै पहाडको हितमा नरहेको जापको दावी .... तृणमूलले बोर्ड दिएर भोट देऊ भन्दैछ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.