-->
कालेबुङमा क्रामाकपा प्रोग्राम सेलको सभा सम्पन्न : पार्टी पाँच बुँदे कार्यक्रम लिएर जनतासमक्ष जाने निर्णय

कालेबुङमा क्रामाकपा प्रोग्राम सेलको सभा सम्पन्न : पार्टी पाँच बुँदे कार्यक्रम लिएर जनतासमक्ष जाने निर्णय


डी के वाइबा, कालिमन्युज, कालेबुङ, २७ मई : क्रांतिकारी मार्क्स्वादी कम्युनिस्ट पार्टीले गोर्खाल्याण्डको मुद्दा संग संगै विविध समस्याहरूलाई लिएर राज्य र केन्द्र सरकारलाई दबाउ दिन लगातार कार्यक्रम गर्ने निर्णय गरेको छ । आज कालेबुङ पार्टी कार्यालयमा बसेको क्रामाकपा प्रोग्राम सेलको सभाले उक्त निर्णय लिएको हो । 
क्त सभा केन्द्रीय कमिटि नेता किशोर प्रधानको अध्यक्षता तथा पार्टीका केन्द्रीय नेतृत्वहरू गोबिन छेत्री, नर्बु लामा, अरूण घतानी, विन्द्या डुक्पा, शेखर छेत्री आदिको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । सभामा सर्वप्रथम गत: २५ तारिखका दिन पार्टीको पक्षबाट सिलगढ़ीमा गरिएको कार्यक्रमबारे समिक्षा गरिएको थियो भने त्यसपछि वर्तमान राष्ट्रीय, राज्यीय र क्षेत्रीय राजनैतिक परिस्थिति र पार्टीको आगामी कार्यक्रमहरूबारे वृहत छलफल गरिएको थियो । 
स्मरण गराइन्छ गत 25 मईको दिन सिलगढ़ीको मूल सडकमा क्रामाकपाको एउटा जुलुसले गोर्खाल्याण्डको मागसहित त्रृणमूल सरकारको भाषिक अतिक्रमणको विरुद्ध व्यापक नाराबाजी गरे । नक्सल आन्दोलनको स्वर्णजयन्तीको अवसरमा सीपीआइ(एमएल) लिबरेसनद्वारा सिलगढ़ीको मुटु बाघाजतिन मैदानमा आयोजना गरेको महाजनसभामा भाग लिन क्रामाकपाका सैयौं समर्थकहरू सिलगढ़ी आएका थिए । जनसभाभन्दा अघि सिलगढ़ीको तेन्जिंग नोर्गे बस टर्मिनसबाट सीपीआइ(एमएल)लिबरेसनको पक्षबाट महाजुलुस निकालिएको थियो । 
आज बसेको सभामा नक्सल आन्दोलनको स्वर्ण जयन्तीको अवसरमा सीपीआई(एमएल) लिबरेसनद्वारा सिलगढीमा आयोजित महाजुलुस र जनसभामा भाग लिँदै क्रामाकपाका सैयौं समर्थकहरूद्वारा सिलगढ़ीमा गोर्खाल्याण्डको मागलगायत जनताको मौलिक र गणतान्त्रिक अधिकारको पक्षमा आफ्नो आवाज र टेक स्पष्टसँगले राख्न सकेकोमा सन्तोष अनुभव गऱ्यो भने आगामी दिनमा गर्नुपर्ने कतिपय कार्यक्रमहरूबारे निर्णय लियो । 
सभाको निर्णयअनुसार अब क्रामाकपाले गोर्खाल्याण्डको मागलगायत जनताका बुनियादी अधिकारहरूको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने भएको छ । यही अवसरमा पार्टीले आज गोर्खाल्याण्डको मागलगायत पाँच बुँदे पोस्टर पनि मिडियामाझ सार्वजनिक गरेको छ । क्रामाकपा प्रोग्राम सेलका संयोजक नर्बु लामाको बाहुलीबाट कालेबुङ पार्टी कार्यालयमा सार्वजनिक गरिएको उक्त पोस्टरलाई पार्टीले भोलिदेखि नै पहाड, तराई र समतल क्षेत्रभरि टालेर प्रचार गर्ने भएको छ । 
“क्रामाकपाको संकल्प: सम्झौताहीन संघर्ष” भन्ने मूलमन्त्रलाई लिएर तयार पारिएको उक्त पोस्टरमा यथाशिघ्र गोर्खाल्याण्ड राज्य गठन गरिनुपर्छ, पहाडमा त्रिस्तरीय पंचायत चुनाव झट्टै हुनुपर्छ, चियाबारी, सिन्कोनाबारी, फारसबस्ती र सिडफार्म क्षेत्रका बासिन्दाहरूलाई झट्टै घर-घुरेनको पर्जा-पट्टा दिइनुपर्छ, चियाबारी श्रमिकहरूको निम्नतम रोजदर यथाशिघ्र लागु गरिनुपर्छ, नेपाली भाषीहरूमाथि राज्यको भाषिक अतिक्रमण बन्द गरिनुपर्छ भन्ने मागहरू सामेल रहेका छन् । 
यसअतिरिक पार्टीले पहाडका विभिन्न ठाउँमा रोड सो गर्ने, जिल्लापाल कार्यालय धर्ना गर्ने, दिल्लीमा पक्ष अनि विपक्षका सांसदहरूसँग भेटघाट गर्ने तथा भाषिक अतिक्रमणको विरुद्ध राज्यका मुख्यमन्त्री, शिक्षामंत्री र जीटीए प्रमुखलाई पनि पत्राचार गर्ने निर्णय गरेको छ । राज्यको भाषिक अतिक्रमणविरुद्ध जीटीएले पनि विशेष सभा बोलाएर प्रस्ताव लिनु आवश्यक रहेको क्रामाकपाले ठानेको छ । 
क्रामाकपाले अघिबाटै आगामी ४ जुनको दिन खरसांगमा गर्ने तय गरेको “संकल्प ऱ्याली र जनसभा”-लाई मुख्यमन्त्रीको आगमनको कारण प्रशासनबाट अनुमति नहुँदा आगामी ११ जुनको दिन गर्ने निधो गरेको छ भने ४ जुनका दिन पार्टीका केन्द्रीय नेतृत्वहरूलाई लिएर दार्जीलिंगमा दुई दिने पार्टी शिविर आयोजना गर्ने तय गरेको छ । 
दिल्लीमा पार्टीको पक्षबाट सामाजिक तथा राजनैतिक जागरण अभियानमा जुटेका क्रामाकपा दिल्ली र हरियाणा शाखा समितिहरूलाई पनि आज बसेको सभाले बधाई टक्राएको छ ।

0 Response to "कालेबुङमा क्रामाकपा प्रोग्राम सेलको सभा सम्पन्न : पार्टी पाँच बुँदे कार्यक्रम लिएर जनतासमक्ष जाने निर्णय "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.