-->
साउदी अरबमा बेचिएकी रेशमा कुजुर 8 वर्षपछि फर्किन् घर ...... आवेसमा आएर घर त्याग्नु नै समस्यामा फसिनु हु – रेशमा

साउदी अरबमा बेचिएकी रेशमा कुजुर 8 वर्षपछि फर्किन् घर ...... आवेसमा आएर घर त्याग्नु नै समस्यामा फसिनु हु – रेशमा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ४ मई। बाल सुरक्षा अभियान, कालेबुङले 8 वर्ष अघि मानव तस्करको पञ्जामा परेर साउदी अरब पुगेकी मदारीहाट थाना अन्तर्गत पर्ने चमर्ची चिया कमानकी रेशमा कुजुरलाई सहयोग गर्दै सकुशल आफ्नो घरमा फर्काएर ल्याउन सकेको छ। 
दुर्भाग्यवस 13 वर्षको कलिलो उमेरमा साउदी अरब पुगेकी रेशमा कुजुरलाई आफ्नो घरमा ल्याउन सकेको बाल सुरक्षा अभियानका मुख्य जाँचकर्ता एवम् सहयोगि विकास प्रधानले जानकारी दिएका छन्।
‘लगभग छ महिना अघि बाल सुरक्षा अभियानमा एउटा मुद्दा आएको थियो। जलपाईगडी न्यायलयमा जाँदा हामीमाझमा त्यस मुद्दा आएको हो। एउटी नारी 13 वर्षको उमेरमा साउदी अरबमा बिक्री भएको अनि त्यहाँबाट ल्याउनका निम्ति प्रयास गरिरहेको जानकारी हामीलाई परिवार पक्षले गराएको थियो। त्यसै समयदेखि हामीले त्यस मुद्दामा कार्य गर्दैँ आएका थियौँ’ विकास प्रधानले भने। 
एजेन्टहरूले रेशमा कुजुरलाई नेपालको फर्जी पासपोर्ट बनाएर साउदी अरब पुर्‍याएको जानकारी पाएपछि आफुहरूले त्यहाँबाट फर्काउनका निम्ति कार्य गर्दै आएको उनले बताउँदै भारत सरकारको विदेश मन्त्रालय अधिनस्थ रहेको ‘मद्दत’ वेबसाइट मार्फत् सम्पूर्ण विवरणहरू मागेर सहयोग मागेको जानकारी दिए। तर त्यस वेबसाइटको माध्यमबाट आफुहरूले भनेजस्तो सहयोग भने प्राप्त नगरेको प्रधानले जनाएका छन्। 
त्यसैक्रममा उनले पिढीत रेशमा कुजुरको साउदी अरबको नम्बर पाएपछि वाट्सएप मार्फत कुराकानी गरेर समस्या बुझ्ने कार्य गरेको जानकारी दिएका छन्। उता साउदी अरब पुगेकी रेशमा कुजुर आफैले पनि आफ्नो घर फर्कनका निम्ति प्रयास गर्दै आए पनि फर्जी पासपोर्ट भएको कारण त्यहाँबाट उनले सहयोग पाउन नसकेको कारणले सहजै फर्कन नसकेको प्रधानले जनाए। यस्तो अवस्थामा उनले भारतमा रहेको नेपालका दुतावाससँग सम्पर्क गर्नका साथै भारतका उच्च पदस्थ अधिकारीसँग सम्पर्क गरेर घर फर्काउने प्रयास गरिरहेको जानकारी दिए। 
‘कुजुरलाई घर फर्काउने प्रयास चलिरहेको समयमा साउदी सरकारले अलपत्र परेर बसेका विदेशी नागरिकहरू आफ्ना देश फर्कन सक्नेछन् भन्ने घोषणा गर्‍यो। त्यसले हामीलाई धेरै आशा जाग्यो। तर उनको फर्जी पासपोर्ट भएको कारण उनी फर्कन सकेनन्’ प्रधानले भने। त्यस्तो अवस्थामा भारत सरकारबाट सम्पूर्ण भारतीय नागरिक रहेको प्रमाण पत्रहरू बनाएर घर फर्काउने प्रयास चलिरहेको समयमा कुजुर आफैले साउदी अरबमा नै एकजना एजेन्टसँग सम्पर्क गरेर 50 हजार रुपिया तिरेपछि नेपालसम्म आउने व्यवस्था मिलाएको जानकारी पाएको प्रधानले जनाए। 
‘घरमा आउन आतुर रहेकी रेशमा कुजुरले साउदी अरबमा एकजना एजेन्ट भेटेपछि भारतीय 50 हजार रुपियामा नेपालसम्म यात्रा गर्न सक्ने फर्जी कागतपत्र बनाएर उनी नेपाल हिडिन्। त्यो जानकारी पाएपछि हामीले बाल सुरक्षा अभियानका सिस्टर सिसिलिया श्रेष्ठलाई काठमाडौँ हवाईअड्डा पठाएका थियौँ। दुर्भाग्यवस उनी काठमाण्डौँ हवाई अड्डामा आउन साथै उनी ईमिग्रेसनको हातमा परेर पक्रा परिन्’ प्रधानले जानकारी दिए। 
त्यसपछि बाल सुरक्षा अभियानले पुन: कोलकोतामा रहेको नेपाल दुतावासँग सम्पर्क गरेर नेपालको ईमिग्रेसनबाट निकाल्ने कानुनी प्रक्रियाहरू चलेपछि उनलाई बाल सुरक्षा अभियानकी सिस्टर एञ्जेलिना लेप्चाले आखिरमा भारतमा फर्काएर ल्याएर आएको प्रधानले अझ जानकारी दिएका छन्। 
‘आफ्ना घरमा समस्याहरू हुनै सक्छन्। घर परिवारसँग मनमुटाव भई आवेशमा आएर कुनै पनि अवस्थामा कसैको प्रलोभनमा आएर आफ्नो गाउँ-घर छोडेर बाहिर जान हुँदैन। बाहिर गएर समस्या भए त्यहाँ आफ्नो समस्यालाई कसैले समाधान गर्दैन। विशेष गरेर नारीहरूलाई त बाहिर परदेशमा समस्या भए कसैले सहयोग गर्दैनन्। बरू त्यस्ता समस्यासँग पर्न अगावै नारीहरू सचेत बनेर कहीँ कतै बाहिर नजाने आह्वान गर्न चाहन्छु’ – उक्त कुरा 13 वर्षको उमेरमा फर्जि एजेन्टको हातमा परेर साउदी अरब पुगेकी रेशमा कुजुरले कालेबुङ आइपुगेपछि पत्रकारहरूसँग कुराकानी गर्दै भनेकी हुन्। 
बानरहाट थाना अधिनस्थ चमर्ची चियाकमानका निवासी रेशमा कुजुर 13 वर्षको उमेरमा आफ्ना आमासँग सामान्य भनावैरी हुँदा घर त्यागेर फुपुको घरमा गएकी थिइन्। आमासँग सामान्य भनावैरी हुँदा फुपुको घर पुग्ने रेशमा कुजुर फुपुको घरबाटै साउदी अरब पुगिन्। त्यसपछि उनले साउदी अरबमा 8 वर्ष कष्टप्रद समय बिताए पछि 4 मईका दिन भारतको कालेबुङमा आइपुगेकी छन्। 
‘आमासँग सामान्य भनावैरी भएपछि फुपुको घर गएँ। फुपुको घरमा बस्दा बस्दै त्यसै गाउँका एक महिलासँग परिचय भयो अनि त्यस महिलाले काम गर्न जान्छस् भनेर सोधिन्। मैले काम गर्न जानका निम्ति स्वीकृती जनाए अनि उनले आफ्ना भाइलाई बोलाए’ रेशमा कुजुरले भनिन्। 
जुन महिलाले उनका भाइलाई बोलाएर कुजुरसँग सम्पर्क गराए त्यस युवक मानव तस्कर गर्ने दलाल रहेको पनि उनले आरोप लगाएका छन्। त्यस युवकले उनलाई नेपालको फर्जी कागजपत्र बनाएर साउदी अरब पठाएको बताउँदै साउदी अरब पुगेदेखि आफ्नो प्रताडना सुरु भएको उनले अझ बताइन्। 
‘साउदी अरब पुगेपछि म एउटा घरमा कार्य गर्थे। त्यस घरमा मलाई प्रताडना दिने गर्थ्यो अनि मैले काम गरेको पारिश्रमिक पनि पाउदिँन थिएँ’ रेशमा कुजुरले भनिन्। 
उनले साउदी अरबमा पुगेर आफुलाई प्रताडना हुन थालेपछि आफु बेचिएको थाह पाएको पनि बताइन्। यसरी घर मालिकबाट प्रताडना हुन थालेपछि उनी त्यस घरबाट भागेर अर्को घरमा काम गर्न थालेको अनि त्यस घरमा 9 महिनासम्म कार्य गरेको उनले जनाइन्। त्यस घरमा कार्य गरेको पैसाले नै आफु आफ्नो घरमा फर्केर आउन सकेको पनि रेशमा कुजुरले जानकारी दिएकी छन्। 
यसक्रममा उनले आफ्ना घरमा कुनै पनि समस्या भए पनि त्यसबेला आवेशमा आएर घर छोडेर बाहिर जान नहुने आह्वान रेशमा कुजुरले गरिन। 
‘म जस्तो समस्यामा परे त्यस्तो समस्यामा अरु नारीहरू नपरोस भन्ने चाहन्छु। सानो कुराले गर्दा घरबाट निस्केँ अनि आखिरमा घरमा फर्कनु नै नसक्ने स्थिति आयो। यस्तो समस्यामा जाकिन अघि नै नारीहरू बाहिर नजाने अपिल गर्छु’ रेशमा कुजुरले अझ भनिन्। 
यता आफ्नो छोरीसँग आठ वर्ष विछोड हुनुको पिढाँ उनकी आमाको आँखाभरी छल्किएको आँसुले स्पष्ट देखिन्थ्यो। 
‘छोरीसँग भेट्नका निम्ति प्रार्थना गरिबस्थे। आफ्नो नानी हराउँदाको पिँढा एउटा आमालाई भन्दा धेर कसलाई थाह हुन्छ होला र...’ गहभरी आँसु पारेर रेशमा कुजुरकी आमाले भनिन्।

0 Response to "साउदी अरबमा बेचिएकी रेशमा कुजुर 8 वर्षपछि फर्किन् घर ...... आवेसमा आएर घर त्याग्नु नै समस्यामा फसिनु हु – रेशमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.