-->
हिल मोटर ड्राइभर वर्कर्स युनियनले पार्किङ शुल्क नतिर्ने

हिल मोटर ड्राइभर वर्कर्स युनियनले पार्किङ शुल्क नतिर्ने

डी.के. वाइबा, कालिमन्युज,कालेबुङ 12 अप्रेल। हिल मोटर ड्राइभर वर्कर्स युनियनले कालेबुङ शहरमा वाहनहरूको पार्किङ व्यवस्था ठिक नभएको भन्दै पार्किङ शुल्क नतिर्ने घोषणा गरेको छ। युनियनका प्रतिनिधिवर्गले आज सोहि विषयमा कालेबुङ महकुमा अधिकारी निर्मलया घरामीलाई एउटा ज्ञापन पत्र समेत सुम्पेका छन्। 
कालेबुङ शहरभित्रको पार्किङ व्यवस्था ठिक नहुनको साथै नगरपालिका क्षेत्रमा रहेका विभिन्न सडकहरूको अवस्था सोंचनीय रहेको कारण उक्त बाटोहरूको निर्माण कार्य पनि झट्ट गर्नुपर्ने सङ्गठनले माग गरेको छ। 
शहरभित्रका सडकहरू ठिक गर्नका साथै व्यवस्थित पार्किङ सुविधा सम्बन्धित निकायबाट मिलाउने कार्य नगरेसम्म सङ्गठनले सम्पूर्ण मानिसहरूलाए पार्किङ सुल्क नतिर्ने आह्वान गरेका छन्। यसबारे बोल्दै सङ्गठनका अध्यक्ष सन्तोष शर्माले नगरपालिकाले पार्किङको शुल्क उठाउने कार्य गरेपनि पार्किङ व्यवस्था भने ठिक गर्ने कार्य नगरेको आरोप लगाएका छन्। 

0 Response to "हिल मोटर ड्राइभर वर्कर्स युनियनले पार्किङ शुल्क नतिर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.