-->
गोजमुमोद्वारा पहाड़ देखी डुवर्स सम्म टीएमसीको विरोध

गोजमुमोद्वारा पहाड़ देखी डुवर्स सम्म टीएमसीको विरोध

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 15 अप्रेल । पहाड़देखी तराई अनि डुवर्ससम्म गोजमुमोले चुनाउको निम्ति तैयारी गर्दै आफ्नो राजनैतिक काक्रम फ्याक्न थालेकोछ। यसको कसरत स्वरूप गोजमुमोले पक्षीदलहरुलाई प्रहार गर्न आरम्भ गरिसकेको छ । 
बिमल गुरुङले कालेबुङ्गमा बसेर नगरपालिका चुनाउ अनि गोर्खाल्याण्ड टेरी टोरियल एडमिनिस्ट्रेस नको (जिटिए)को चुनाउको निम्ति रणनिति तैयार गर्न लागि परेको छ । 
अर्कोतिर जिटिएको चुनाउ संगसगै गोजमुमोले पहाड़संंगसंगै डुवर्सको बिभिन्न क्षेत्रहरुमा पनि आफ्नो पार्टीको कार्यकर्ताहरुलाई चुनाउको तयारी स्वरूप संगठन बलियो बनाउन गाँउ पस्ने कार्यक्रम गत 6 अप्रेलदेखी डुवर्सको मुटू मानिने जयगाँउको ग्राम पञ्चायत कार्यलयहरुमा अनि जनताको घर दैलोतिर बैठकहरु गर्न थालेकोछ । 
अर्कोतिर जयगाँउको ग्राम पञ्चायत दुइमा गोजमुमोको पोस्टरिंग आरम्भ गरिसकेको छ । पोस्टरहरुको माध्यमबाट् गोजमुमोले तृणमूल पार्टीलाई निसाना बनाउन लागि परेको छ । उक्त पोस्टरमा ग्राम पञ्चायत प्रधानलाई निसाना बनाउदै धुरि खजाना, दोकानहरुको ट्रेड लाईसेंस लगायत अन्य बिभिन्न योजनाहरुदेखी उठेको रकमको हिसाब माँग्न आरम्भ गरेको छ । 
100 दिने काम किन बन्द गऱ्यो भनि प्रश्न तेर्साएको छ साथै जयगाँउमा फुटपाथबाट तृणमूल कांग्र्सले रकम वसुलेको आरोप लगाउदै यो कार्य रोकने माग गर्दै तृणमूललाई निसाना बनाएको छ ।

0 Response to "गोजमुमोद्वारा पहाड़ देखी डुवर्स सम्म टीएमसीको विरोध "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.