-->
विमल गुरुङको बचाऊमा युवा मोर्चा

विमल गुरुङको बचाऊमा युवा मोर्चा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 5 अप्रेल 2017। स्व दलबहादुर गुरुङ अनि स्व अडीबहादुर गुरुङलाई गोजमुमो अध्यक्ष विमल गुरुङले टिप्पणी गरेको विवाद अझसम्म साम्य हुन सकेको छैन। यसक्रममा मोर्चा प्रमुख विमल गुरुङको बचाऊ गर्न युवा मोर्चा अघि आएको छ। स्व डम्बरसिंग गुरुङ अनि अडीवहादुर गुरुङलाई गोजमुमो अध्यक्ष विमल गुरुङले श्रद्धा गर्ने गरेको बताउँदै उनले महान् व्यक्तित्वहरूलाई कहिल्यै नराम्रो वयान नदिने युवा मोर्चा कालेबुङ जिल्ला कमिटिका अध्यक्ष बारूद थापाले स्पष्टिकरण दिएका छन्। 
उनले एक पत्रकार सम्मेलनको आयोजना गरेर मोर्चा प्रमुख विमल गुरुङको बचाऊ गर्दै उल्टै जन आन्दोलन पार्टी प्रति कटाक्ष गरेका छन्। जन आन्दोलन पार्टीलाई राजनीति गर्नका निम्ति कुनै मुद्दा नभएको कारण उनीहरूले स्व डम्बरसिंग गुरुङ अनि अडीबहादुर गुरुङ प्रति विमल गुरुङले गरेको टिप्पणीलाई आधार बनाएर राजनीति गरिरहेको आरोप लगाएका छन्। 
‘जाप कुनै मुद्दा नभएको राजनैतिक दल हो। उनीहरूलाई राजनीति गर्न एउटा मुद्दा चाहिएको थियो। विमल गुरुङले डम्बरसिंह गुरुङ अनि अडीबहादुर गुरुङलाई के भनेका थिए त्यहीँ जापले मुद्दा बनायो। वास्तवमा जापले यसलाई राजनीतिकरण गरेर नगरपालिका चुनाव हेरेको हो’ वारुद थापाले भने। उनले जीटीए प्रमुखको पूर्णरूपले बचाऊ गर्दै आफ्ना सम्माननीय पूर्वजलाई नराम्रो भन्ने कार्य गर्नको साटो उनले आजसम्म सम्मान गरेको दाबी गरे। 
‘स्व अडीबहादुर गुरुङको सालिग दार्जीलिङमा विमल गुरुङले बनाएका छन्। डम्बर चौकमा स्व डम्बर सिंह गुरुङले सालिग विमल गुरुङले नै अनावरण गरेका हुन्। उनीहरूप्रति श्रद्धा गर्ने व्यक्तिले कसरी नराम्रो बयान दिन सक्छन्। यसरी जनतालाई जापले भ्रममा पार्ने राजनीति गर्नु हुँदैन’ बारुद थापे अझ भने। उनले डम्बर चौकमा धर्नामा बसेका जाप युवा कार्यकर्ताहरूलाई धर्ना जाप अध्यक्षकै घरमा बस्नुपर्ने सुझाव दिँदै ‘जय गोर्खाको नारा लगाउँदा हामी पछि परेका हौँ भन्ने जापका अध्यक्ष डा. हर्कबहादुर छेत्री हुन्। 
उक्त वयान उनको समाचार पत्रमा आएको छ। यस्तो बयान दिने व्यक्तिले आज गोर्खाहरूलाई मास्ने षडयन्त्र रच्दैछन्। उनै डा. छेत्रीको घरमा जापका कार्यकर्ताहरू धर्ना गरे राम्रो हुनेछ’ थापाले भने। गोजमुमो पार्टी गोर्खाल्याण्डको निम्ति अडिग रहेको पार्टी भन्दै उनले जाप गोर्खा र गोर्खाल्याण्ड विरोधी हो भन्न समेत चुकेनन्। 
‘विमल गुरुङको भाषण दोहोर्‍याएर सुन्नुहोस्। त्यहाँ कुनै नराम्रो भनेका छैनन्। हिजका दिनमा गल्ति भएको होला त्यसलाई सुधार्नेछु भन्नु के नराम्रो भयो?’ थापाले गुरुङको बचाऊ गर्दै भने। अर्कोतर्फ उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बङ्गाल सरकारले गोर्खाहरूलाई गरिरहेको अत्याचार र षडयन्त्रको विरोधमा आगामी 8 अप्रेलका दिन सम्पूर्ण नगरपालिका क्षेत्रका युवा कार्यकर्ताहरूलाई लिएर जुलुस निकाल्ने जानकारी दिएका छन्।

0 Response to "विमल गुरुङको बचाऊमा युवा मोर्चा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.