-->
मेरो वयानलाई बङ्ग्याएर प्रस्तुत गरियो – विमल गुरुङ

मेरो वयानलाई बङ्ग्याएर प्रस्तुत गरियो – विमल गुरुङ

डी.के.वाइबा,कालिमन्युज,कालेबुङ,4 अप्रेल। ‘सधैँ गोर्खाको गौरव राख्नेछौँ’ भन्ने डम्बरसिंग गुरुङ अनि व्यारिष्टरअडीबहादुर गुरुङलाई गत ३० मार्चका दिन गोजमुमो अध्यक्ष एवम् जीटीए प्रमुख विमल गुरुङले एउटा राजनैतिक कार्यक्रमबाट नाउँलिएरै विगतमा गल्तिगरेको भन्दै आज आफैलाई गुरुङ भन्न लाज लाग्ने बयान दिएपछि अहिलेघरी राजनैतिक मौसममा जता ततै चर्चा चुलीएको छ। 
मोर्चा अध्यक्ष विमल गुरुङको उक्त नकारात्मक टिप्पणीबारे सबैपक्षबाट विरोध अनि आखिरमा परिवार पक्षबाट पनि विरोध आएपछि गुरुङले आफ्नो बयानलाई बङ्ग्याएर प्रस्तुत गरिएको दाबी गरेका छन्। ‘वास्तवमा मैले डम्बरसिंह गुरुङ अनि अडीबहादुर गुरुङलाई नराम्रो भन्न चाहेको होइन। मैले उनीहरूबारे कुनै नकारात्मक टिप्पणी गरेको छुइन। यहाँ मेरो बयानलाई मिडीया अनि राजनैतिक दलहरूले बङ्ग्याएर प्रस्तुत गर्ने कार्य भएको हो’ विमल गुरुङले स्पष्टिकरण दिँदै भने। 
उनले पत्रकारहरूसँग कुरकानी गर्दै स्व डम्बरदिंह गुरुङ अनि अडीबहादुर गुरुङले भारतीय गोर्खाहरूका निम्ति राम्रा कार्य गरेको बताउँदै आफुले कहिले पनि नकारात्मक सोंच नराखेको बताएका छन्। 
‘डम्बरसिंह गुरुङ अनि अडीबहादुर गुरुङले आजसम्म जे जति कार्य गरेका छन् त्यो सह्रानीय रहेको छ। यसलाई लुकाएर सकिन्दैन’ विमल गुरुङले भने। उनले आफुलाई डम्बरसिंह गुरुङ अनि अडीबहादुर गुरुङको सन्तान हो भन्ने दाबी गर्दै उनीहरूले विगतमा यदि केहि गल्ति गरेका छन् भने त्यस गल्तिलाई सच्चाउन चाहेको बयान दिँदा प्रेस मिडिया अनि रानैतिक नेताहरूले बडाएर प्रस्तुत गरेको दाबी गरे। 
उनले आफ्नो बयानलाई लिएर नेताहरूले राजनीति नगरिदिने अपिल गर्दै उक्त टिप्पणीलाई राजनीति गर्नु ठिक नहुने बताएका छन्। उनले डम्बरसिंह गुरुङ अनि अडीबहादुर गुरुङका परिवारलाई राजनैतिक नेताहरूको बयानलाई लिएर अन्यथा नलिने अपिल पनि गरेका छन्।

0 Response to "मेरो वयानलाई बङ्ग्याएर प्रस्तुत गरियो – विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.