-->
गोरामुमो पार्टीले पालन गर्‍यो स्थापना दिवस

गोरामुमो पार्टीले पालन गर्‍यो स्थापना दिवस

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 5 अप्रेल 2017। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज स्थापना दिवस पालन गरेको छ। 5 अप्रेल 1980 का दिन स्व सुवास घिसिङको नेतृत्वमा गठन भएको गोरामुमो पार्टीको आज 37 औँ स्थापना दिवस गोरामुमो कालेबुङ ब्राञ्च कमिटिले सामान्य रूपले पालन गरिएको थियो। 
छुट्टै राज्य गोर्खाल्याण्डको नारा लिएर जन्मेको गोरामुमो पार्टीले 37 औँ स्थापना दिवसको अवसरमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति छैटौँ अनुसूचीको बाटो सजिलो हो भन्दै पाम्प्लेट वितरण गर्नका साथै शहरको विभिन्न स्थानहरूमा पोष्टरिङ गरेको थियो। यसका साथै धेरै लामो समय पछि कालेबुङ शहरको मेनरोडमा हरियो झण्डा लगाउने कार्य पनि गरेको थियो। 
पार्टीको 37 औँ स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्ताहरू शहरमा हिँड्ने मानिसहरूलाई छैटौँ अनुसूचीबारे लेखिएका पाम्प्लेट वितरण गरिरहेका थिए भने कालेबुङ ब्राञ्च कमिटिका संयोजक मौरिस कालिकोटेले छुट्टै राज्य गोर्खाल्याण्ड केवल गोरामुमो पार्टीले मात्र ल्याउन सक्ने दाबी गर्दै बाटो भने छैटौँ अनुसूचीको हिँड्नुपर्ने आवश्यक रहेको दाबी गरेका छन्।

0 Response to "गोरामुमो पार्टीले पालन गर्‍यो स्थापना दिवस"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.