-->
मैले धोका दिए जनताले सुवास घिसिङलाई जस्तै गर्नेछ – विमल गुरुङ

मैले धोका दिए जनताले सुवास घिसिङलाई जस्तै गर्नेछ – विमल गुरुङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ १३ अप्रेल। ‘हिजको दिन मा जनताले सुवास घिसिङलाई जस्तो गरेको छ भोलिको दिनमा गोर्खाल्याण्डको निम्ति गद्दार गरेको खण्डमा मलाई पनि त्यस्तै गर्नेछ। सुवास घिसिङले गोर्खाल्याण्ड ल्याउन नसक्दा विमल गुरुङ जन्मेको हो अनि भोलि मैले पनि गोर्खाल्याण्ड ल्याउन नसके अर्को नेता जन्मनेछ। यसर्थ भोलिको दिनमा गोर्खाल्याण्डको निम्ति अर्को नेता जन्मन अघि नै म गोर्खाल्याण्ड ल्याउन चाहन्छु’ उक्त कुरा जीटीए प्रमुख एवम् गोजमुमो अध्यक्ष विमल गुरुङले भनेका हुन्। 
यहाँको एसयुएमआई प्राङ्गनमा जीटीए सूचना एवम् सांस्कृतिकि विभागद्वारा आयोजित स्व. अगमसिंह गिरी पुरस्कार अलङ्करण समारोहलाई सम्बोधन गर्दै गुरुङले गोर्खाल्याण्डको मुद्दालाई फत्ते पारेर नेताहरूलाई मागि खाने भाँडो बन्न नदिने दाबी समेत गरे। 
यसक्रममा उनले दिल्ली यात्राको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष छुट्टै राज्य, जनजातिको मुद्दा अनि केन्द्रिय विश्वविद्यालय निर्माणको माग गरेको बताउँदै एघार जातगोष्ठिलाई जनजातिको मुद्दा चाँढै छिनाफाना हुने आशा व्यक्त गरे। 
‘हामी आफ्नो लक्ष्यको नजिक पुगिरहेका छौँ। जति जति लक्ष्यको नजिक पुग्दैछौँ त्यतिनै हामी टुक्रिएर टाडो टाडो पुदैछौँ। अब हामी टुटेर होइन जुटेर अघि बढ्नुपर्छ। जाति टुक्राउनेहरूलाई एकमुष्ट बनेर जवाब दिनपर्छ’ विमल गुरुङले भने। 
उनले पहिलो वैशाखमा भव्य कार्यक्रमको आयोजना गरेर बङ्गाललाई गतिलो जवाब दिन चाहेको बताउँदै  पहिलो वैशाखमा एक गैरसरकारी संस्थाले कार्यक्रम गर्ने भएको कारण आफुहरूले उनीहरूलाई कार्यक्रम गर्ने अवसर दिएको स्पष्ट पारे। उनले आफ्नो सम्बोधनको क्रममा आफुले आगमी नगरपालिका चुनावलाई ध्यानमा राखेर केहि कार्य नगरेको दाबी गर्दै आफुलाई चुनावसँग कुनै सरोकार नरहेको समेत बताएका छन्। 
‘मलाई नगरपालिका चुनावसँग कुनै सरोकार छैन। मैले केवल जातिलाई टुक्रा हुनबाट जोगाउने कार्य गरिरहेको छु। यसलाई चुनावसँग जोडेर हेर्ने कार्य गर्नु हुँदैन’ विमल गुरुङले अझ भने। 

0 Response to "मैले धोका दिए जनताले सुवास घिसिङलाई जस्तै गर्नेछ – विमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.