-->
युसुफ सिमिकलाई दिएको ‘उपाध्यक्ष’ पद सरकारले लियो फिर्ता  ..... जाप-तृणमूलको दुरुत्व बन्यो स्पष्ट..........जापलाई मिल्ने भयो राजनैतिक लाभ

युसुफ सिमिकलाई दिएको ‘उपाध्यक्ष’ पद सरकारले लियो फिर्ता ..... जाप-तृणमूलको दुरुत्व बन्यो स्पष्ट..........जापलाई मिल्ने भयो राजनैतिक लाभ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २९ अप्रेल। नगरपालिका चुनाव अघि पश्चिम बङ्गाल सरकारको जनजातिको विकास विभागले युसुफ सिमिकलाई पश्चिम बङ्गाल लेप्चा विकास बोर्डको उपाध्यक्ष पदबाट हटाएको छ। 
पश्चिम बङ्गाल सरकारको मुख्य सचिवद्वारा हस्ताक्षरित पत्र मार्फत युसुफ सिमिकलाई सरकारले दिएको उपाध्यक्ष पद फिर्ता लिएको पत्र प्राप्त भएको छ। गत 12 फरवरी 2013 का दिन गठन भएको पश्चिम बङ्गाल लेप्चा विकास बोर्डको कार्यकारी समितिको उपाध्यक्षको पदमा सिमिक गठनकालदेखिनै आसिन रहेका थिए। गोर्खा जनमुक्ति मोर्चाबाट विद्रोह गरेर निस्केका डा. हर्कबहादुर छेत्रीले जन आन्दोलन पार्टी गठन गरेपछि युसुफ सिमिक सक्रिय राजनीतिमा लागिपरेका छन्। 
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सत्तामा रहेको गोर्खा जनमुक्ति मोर्चालाई टक्कर दिँदै जन आन्दोलन पार्टीले तृणमूल कङ्ग्रेससँग स्पष्ट दुरुत्व राखेर पहाडका चारवटै नगरपालिका क्षेत्रमा एक्लै चुनाव लड्ने घोषणा गरिसकेपछि जाप अनि तृणमूल कङ्ग्रेसमाझ दिन दिनै दुरुत्व बढेर गएको छ। यस्तो अवस्थामा जाप नेतृववर्गले तृणमूल कङ्ग्रेस नेताहरूको खुलेर आलोचना गर्न थालेका छन् भने तृणमूल नेतृत्ववर्गले पनि जापलाई खुलेर आलोचना गर्ने कार्य गर्दै आइरहेको छ। नगरपालिका चुनावको ठिक अघि जन आन्दोलन पार्टीका ब्युरो सदस्य रहेका युसुफ सिमिकलाई पश्चिम बङ्गाल लेप्चा विकास बोर्डको उपाध्यक्ष पदबाट हटाइनुमा तृणमूल कङ्ग्रेसको राजनैतिक स्वार्थ हुनसक्ने सम्भावना रहेको छ।
यता सरकारले दिएको उपध्यक्षको पदलाई पुन: सरकारले नै फिर्ता लिएको पत्र प्राप्त भएपछि युसुफ सिमिकले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। उनले आफुलाई सरकारले पश्चिम बङ्गाल लेप्चा विकास वोर्ड गठनपछि उपाध्यक्ष पदमा आसिन गराएको अनि उक्त पदबाट 28 अप्रेल 2017 का दिनदेखि पद फिर्ता लिएको पत्र आफुलाई प्राप्त भएको उनले जानकारी दिएका छन्। ‘सरकारले दिएको उपाध्यक्षको पद फिर्ता लिएको पत्र प्राप्त भएको छ। यसमा सरकारले कुन कारणले पद फिर्ता लियो भन्ने कुनै जानकारी छैन’ युसुफ सिमिकले स्पष्टिकरण दिँदै भने। उनले उक्त पद फिर्ता लिनको पछि कुनै राजनैतिक कारण हुनसक्ने अथवा राजनैतिक षडयन्त्र नहुन पनि सक्छ भने यसबारे आफुलाई निश्चित जानकारी नभएको पनि स्पष्टिकरण दिएका छन्। उनले आफ्नो उपाध्यक्षको पदलाई सरकारले फिर्ता लिँदा कुनै आपत्ति नरहेको पनि स्पष्ट पारेका छन्।
जाप-तृणमूलको दुरुत्व बन्यो स्पष्ट
जन आन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेसले पहाडको चारवटै नगरपालिका चुनाव एक्ला-एक्लै लड्ने भएपछि दुई राजनैतिक दलमा दुरुत्व बढेर गएको स्पष्ट बनेको छ। यस्तो अवस्थामा जन आन्दोलन पार्टीका ब्युरो सदस्य युसुफ सिमिकलाई पश्चिम बङ्गाल लेप्चा विकास वोर्डको उपाध्यक्ष पदलाई सरकारले फिर्ता लिएपछि झनै जाप-तृणमूल माझको शित युद्ध चरम बन्दै गएको प्रमाणित भएको छ। 
पहाडको नगरपालिका चुनावमा सत्ता जमाउने होडमा कुदेको तृणमूल कङ्ग्रेसले यसपल्ट जन आन्दोलन पार्टीबाट समर्थनको अपेक्षा राखेको थियो। तृणमूलले समर्थनको अपेक्षा राखेको अवस्थामा जापले राजनैतिक दुरुत्व बनाएर एक्लै चुनाव लड्ने अडान लिएपछि जाप-तृणमूलको राजनैतिक शितयुद्ध पद खोस्ने अवस्थामा पुगेको अनुमान गरिएको छ। जसको परिणाम युसुफ सिमिकलाई प्रदान गरेको ‘उपाध्यक्ष’को पद तृणमूल सरकार आफैले खोसेर प्रमाणित गरेको छ।
जापलाई मिल्ने भयो राजनैतिक लाभ
जाप-तृणमूल एउटै हो भन्ने आरोपलाई तृणमूल सरकार आफैले युसुफ सिमिकलाई प्रदान गरेको उपाध्यक्ष पद खोसेर भिन्ना-भिन्नै हो भन्ने प्रमाणित गरेको छ जसले नगरपालिका चुनाव अघि जन आन्दोलन पार्टीलाई लाभ पुग्ने छाँट बनेको छ। अहिलेघरी सरकारले गठन गरेको विभिन्न जातिय विकास बोर्डहरूका अध्यक्ष, उपाध्यक्ष लगायत अन्य पदहरूमा आसिन व्यक्तिहरूले सोझै तृणमूल कङ्ग्रेसको झण्डा पक्रिने कार्य गरिरहेको छ। यस्तो अवस्थामा जाप ब्युरो सदस्य युसुफ सिमिक भने तृणमूल कङ्ग्रेसमा जानको साटो जन आन्दोलन पार्टीमा सक्रियरुपले कार्य गर्दै आइरहेका छन्। 
जापको केन्द्रिय समितिमा रहेका युसुफ सिमिकले तृणमूलको झण्डा ग्रहण गर्नको साटो जापलाई अघि बढाउने कार्य गरेपछि नै क्षेत्रिय तृणमूल नेतृत्ववर्गले उनलाई सरकारले दिएको पद खोस्ने षडयन्त्र रचेको अनुमान गरिएको छ। जसले आखिरमा जाप-तृणमूल भिन्ना-भिन्नै हो भन्ने स्पष्ट बन्नमा सहयोग पुग्नका साथै आगमी नगरपालिका चुनावमा प्रत्यक्ष परोक्ष लाभ पुग्ने निश्चित बनेको छ। 

0 Response to "युसुफ सिमिकलाई दिएको ‘उपाध्यक्ष’ पद सरकारले लियो फिर्ता ..... जाप-तृणमूलको दुरुत्व बन्यो स्पष्ट..........जापलाई मिल्ने भयो राजनैतिक लाभ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.