-->
कालेबुङ जिल्लाबाट नेपाली भाषिक एकरुपताको अभियान सुरु ..... घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो - सञ्जय विष्ट

कालेबुङ जिल्लाबाट नेपाली भाषिक एकरुपताको अभियान सुरु ..... घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो - सञ्जय विष्ट

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, २६ अप्रेल। ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ नामक पुस्तिकाको विमोचन गरेर नवगठित कालेबुङ जिल्लाबाट नेपाली भाषा एकरुपताको अभियान सुरु भएको छ। आजसम्म संस्कृत व्याकरणका नियमलाई नै मानेर नेपाली व्याकरणहरू निर्माण गरिने अनि त्यहीँ व्याकरणका आधारमा नेपाली वर्णमाला अध्ययन र अध्यापन गरिन्दै आएको कारण नेपाली भाषिक एकरुपतामा कठिनाई भएको महसुस गरेर‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ प्रकाशित गरिएको छ। भाषा मान्यता दिवसको छेक पारी २१ अगस्त् २०१६ को दिन कालेबुङको डेलोस्थित विज्ञान केन्द्रमा नेपाली वर्ण-विन्यास : प्रस्तावना र प्रयोग शीर्षकमा आयोजित कार्यक्रममा पारित प्रस्तावलाई ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ नाम दिइ उक्त पुस्तिका उपमा प्रकाशनले प्रकाशित गरेको छ।
नेपाली भाषा लेखनमा आजपर्यन्त देखिएका विभिन्न प्रस्तावना र ती प्रस्तावनाहरूको वैज्ञानिकतामाथि छलफल गरी एउटा मानक रूपको स्थापना र प्रयोगको प्रचेष्टा गर्नलाई लिइएका प्रस्तावलाई ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ मा समावेश गरिएको छ। उक्त प्रस्तावलाई दार्जिलिङकालेबुङसिलगढीमिरिक अनि सिक्किमका अठ्ठाईस साहित्यिक स्रष्टा-द्रष्टाप्राध्यापकअध्यापक अनि भाषा-साहित्यसित सम्बन्धित व्यक्तिहरूले छल-फल गरेर अन्तिम रुप दिएका छन्। जसले नेपाली भाषिक एकरुपताको बाटोमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। यद्यपी उक्त प्रस्तावनासित भाषासँग सम्बन्धित व्यक्तिहरूको मत भिन्नता हुनसक्ने बताउँदै मत नमिल्नेहरूले वैज्ञानिकताको आधारमा आफ्नो तर्क राख्न सक्ने सञ्जय विष्टले बताएका छन्।
नेपाली भाषाको मानक रुपको स्थापनाको निम्ति तयार पारिएको उक्त ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ लाई प्रा. डा. घनश्याम नेपाल,  ज्ञान सुतार,  बलभद्र शर्मा,  सी. के. श्रेष्ठ,  हीरा छेत्री,  मणीन्द्र भुजेल, डा. पुष्कर पराजुली, डा. योगेश पन्थ,  सुधा गुरुङ, डा. ममता लामा,  अजय लामा,  डपछिरिङ लेप्चा,  विक्रम राई,  भुपेन तामाङ, वासुदेव पुलामी, देवचन्द्र सुब्बा, धनबहादुर मगर, ज्ञानेन्द्र सुब्बा, दिपक तामाङ, विनेश प्रधान,  भूपाल सिङ्गौरे, बलराम सापकोटा,  दिपेश लामा, डा. बी. बी. गुरुङ, उमेश थापा, धनकुमार तामाङ, सुधीर छेत्री, सञ्जय विष्ट आदिका अठ्ठाईस साहित्यिक स्रष्टा-द्रष्टाप्राध्यापकअध्यापकहरूको समुहले अन्तिम रुप दिएका छन्।
कालेबुङ टाउन हलको सभागृहमा उपमा प्रकाशन अनि कालेबुङ विज्ञान केन्द्रद्वारा आयोजित कार्यक्रममा साहित्यकार ज्ञान सुतार, शिक्षाविद बी आर छेत्री, सुधा गुरुङ, सञ्जय विष्ट, शसेर अली, हिरा छेत्री, उमेश उपमा, सुधीर छेत्री आदिको बाहुलीबाट उक्त पुस्तिकाको विमोचन गरिएको छ। विशेष गरेर नेपाली भाषाको एकरुपताको निम्ति पहल गर्दै प्रकाशित गरिएको उक्त पुस्तिकामा समावेश प्रस्तावलाई भाषिक एकरुपताको निम्ति भारतबाट पहल गरिएको कथाकार सञ्जय विष्टले बताएका छन्। आजसम्म नेपाली भाषिहरूका निम्ति संस्कृतका नियम थोपेर निर्माण गरिएको व्याकरणहरूको आधारमा भाषिक मानकिकरणको कुरा अघि बढेको अनि त्यहीँ आधारमा विद्यार्थीवर्गलाई नेपाली वर्णमाला सिकाउने कार्य हुँदा नेपाली भाषी विद्यार्थीवर्ग अलमल्ल हुने अवस्थामा पुगेको कारण नेपाली भाषी विद्यार्थीवर्गका निम्ति ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’नामक पुस्तिका तयार पारेर भाषिक मानकिकरणको निम्ति कार्य गरेको कथाकार सञ्जय विष्टले बताएका छन्। कवि सुधीर छेत्रीद्वारा सञ्चालित कार्यक्रमलाई साहित्यकार हीरा छेत्रीले पनि सम्बोधन गरेका थिए भने भाषिक एकरुपताको निम्ति ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ एउटा दह्रो अनि वैज्ञानिक दस्तावेज रहेको बताएका छन्।
‘वि.स. १९९१ देखि नै नेपाली भाषा प्रकाशिनी समितिले वर्णविन्यास सम्बन्धि कार्य गरेको थिएछ। त्यसपछि आजसम्ममा यति धेरै घोषणा पत्रहरू निस्किए जुन घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो। जसले गर्दा नेपाली भाषामा लेखनमा मानकीकरण हुन सकेन’ सञ्जय विष्टले भने। उनले यस्तो मानकिकरण हुन नसक्नुको मूल कारण भने ‘नेपाली भाषाको वर्णमाला ठिक नहुनु’ हो भने। नेपाली भाषाको आफ्नै वर्णमालामा संस्कृतका वर्णमाला मिलाउने कार्य भएको कारण नेपाली भाषिक एकरुपतामा कठिनाई भएको पनि विष्टले बताएका छन्। ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’ ले संस्कृतको वर्णमाला त्याग्नु भन्ने नभनेर नेपाली भाषामा तत्सम वर्गमा भने संस्कृत वर्णको प्रयोग गरिनुपर्ने अनि आगन्तुक भाषामा नेपाली वर्णमाला प्रयोग गरिए भाषिक एकरुपतामा सहज हुने स्पष्ट पारेका छन्। उनले ‘कालेबुङ प्रस्तावना र यसका आधारहरू’मा तत्सम शब्दवालीलाई जस्ताको त्यस्तै प्रयोग गर्ने कुरालाई पनि अघि राखेको बताउँदै ‘मूल नियम र उपनियम अनुसार नेपाली भाषाको प्रयोग गर्नुपर्ने आफुहरूको तर्क रहेको स्पष्ट पारेका छन्।

कालेबुङ प्रस्तावना मा समावेश सत्र बुँदे प्रस्तावना 
१. आजसम्म नेपाली व्याकरण लेखन तत्सम अनि नेपाली गरी दुईवटा नियममा आधारित हुँदा तत्सम शब्दहरू नेपाली व्याकरणको तत्सम नियमअनुसार नै लेख्ने। यस आधारमा उच्चारण नभए तापनि तत्सम शब्दको वर्ण-विन्यासका निम्ति पदादि र पदमध्यमा मूलअनुरूप दीर्घ मात्रा अनि नेपाली वर्णमालामा नभएका ञऋ अनि संयुक्त अक्षरहरूको प्रयोग गर्ने। जस्तै ईश्वरकीटाणुजीवनआकाशआषाढसमीक्षाप्राचीन,नवीनमूर्खचञ्चलपञ्चायतदण्डऋषि,  आदि।
. तद्भवआगन्तुक अनि झर्रा शब्दहरूको वर्ण-विन्यास नेपाली वर्णमालाअनुसार गर्ने अर्थात् यस्ता शब्दहरूको वर्ण-विन्यासका निम्ति नेपाली व्याकरणको तद्भव वा नेपाली नियम पालन गर्ने।जस्तै ठुलोबुढीमहिनासुननुनजुनपुराखिरजमिनसहरसहिदकानुनस्कुल,अन्डाझन्डागोर्खाल्यान्ड आदि।
. तत्सम शब्दमा तत्समइतर प्रत्यय लागेर बनेका भाषाका शब्दहरूको वर्ण-विन्यास नेपाली नियमअनुसार गर्ने। जस्तै – पुर्बेलीबर्सेबर्सेनि,दुस्ट्याइँस्विकार्नुबिदेसियोबिचार्नु आदि।
. तत्सम शब्दहरूमा बाहेक अन्य शब्दहरूमा ब र व-को झमेला नहुँदा र नेपाली भाषामा ब र व-को व्यतिरेकी रहेको हुँदा तद्भवआगन्तुक र झर्रा शब्दको वर्ण-विन्यास उच्चारणअनुरूप गर्ने।  जस्तै – अखबारबैङ्कबित्तिकैबग्योबारीवारीकुवाखेतीवालापावरदेखावटीग्वाम्म,हरुवा आदि।
. तद्भवआगन्तुक र झर्रा शब्दहरूको वर्ण-विन्यासमा नेपाली वर्णमालामा नभएका ञष अनि क्ष र ज्ञ-जस्ता संयुक्त अक्षरको प्रयोग नगर्ने। पातलो सवर्त्स्य न अनि छ्य र ग्यलाई वैज्ञानिक मानेर त्यसैअनुरूप वर्ण-विन्यास गर्ने। जस्तै – पुसअसोजसिकारकोसिसपोस्टसायद,सेक्सपियरगरुन्जेलडन्ठालन्ठाछ्यामाग्याँचे आदि।
. तत्सम शब्दको वर्ण-विन्यासमा तत्सम नियमअनुसार पञ्चम वर्ण र शिरविन्दुको प्रयोग गर्ने तर तत्समइतर शब्दहरूको वर्ण-विन्यासमा नेपाली वर्णमालाका पञ्चम वर्ण ङन अनि म-कै मात्र प्रयोग गर्ने। जस्तै – रङ्गितचन्चलेबरन्डाबेन्चीपम्फाचम्ची आदि।
. क्षतिपूर्ति दीर्घीभवन भनेर दीर्घ लेखिँदै आएका शब्दहरू तद्भव वर्गमा पर्ने हुनाले यस्ता शब्दहरू र शिष्ट प्रयोग भनेर दीर्घ लेखिँदै आएका शब्दहरूको पदादिमा ह्रस्व लेख्ने। जस्तै – मिठोतितोदुधफुलपिरोकिरो आदि।
. सङ्ख्या बुझाउने शब्दहरूको सुरु र बिचमा चलेकै नियम पालन गर्दै दीर्घ ई लेखे पनि उ-लाई ऊ नलेख्ने।  जस्तै – तीनबीसतीस;सत्ताईसएकचालीसपैँतालीसउन्तीसउन्चालीसउनासी आदि।
स्थाननाम दीर्घ लेख्ने। उकारान्त नाम र विशेषण ह्रस्व लेखिए पनि इकारान्त र उकारान्त दुवै स्थाननाम दीर्घ लेख्ने। अर्थात् इकारान्त अनि उकारान्त स्थाननाम दीर्घान्त लेख्ने। जस्तै – मङ्पूजङ्गूरम्फूसिप्सूलप्चूलखनऊ आदि जस्तै – लिम्बूखम्बूहिन्दूहिब्रू आदि।
१०इच्छा जनाउने क्रियाको तृतीय पुरुषमा बिचको उकार ह्रस्व लेख्ने तर आदेश जनाउने क्रियाको अन्त्यमा चाहिँ दीर्घ लेख्ने। जस्तै – जाउन्,खाउन्हेरुन्पढुन् अनि जानूखानुहेर्नूपढ्नू आदि।
११अङ्ग्रेजीको स्पेलिङ’ नेपाली वर्ण-विन्यासका आधार हुनु हुँदैन भन्ने टेक लिई ’-को मात्रै उच्चारण हुने शब्दहरूमा अनावश्यक नलेख्ने र नलेख्न प्रोत्साहन गर्ने। जस्तै – दार्जिलिङकालेबुङखर्साङगुरुङतामाङ आदि।
१२कुनै पनि शब्दमा मात्रापछिल्तिर प्राविधिक असुविधाका कारण अनुस्वारले काम चलाउँदै आएका ठाउँमाप्रविधिमा अब त्यो असुविधा नरहँदा चन्द्रविन्दु लेख्नु पर्ने ठाउँमा चन्द्रविन्दु नै लेख्ने। जस्तै – भन्छौँगर्छौँसुन्छौँझैँचैँचाहिँ आदि।
१३वर्ण-विन्यासमा एकरूपता ल्याउन संयुक्त अक्षरका शब्दहरूलाई लम्बीय ढाँचाको साटो सरल रैखिक ढाँचा दिने। विशेष विषमतलीय संयुक्त अक्षरका शब्दहरूको वर्ण-विन्यासमा यो ढाँचा मानिलिने। जस्तै – शङ्कासङ्घसङ्कलनसङ्ग्रहछुट्टाउनु आदि।
१४नामयोगीविभक्तिवटाजना-जस्ता कोटिकार अनि दोस्रो नाम पदयोग गरी लेख्ने। जस्तै – घरपर्तिरकानुनबमोजिमनियमअनुसार;बजारदेखिघरबाटस्कुलमाचारवटा,  दुईजनाइन्द्रबहादुरशिवकुमारलक्ष्मीप्रसाद आदि।
१५. विशेषण र विशेष्यको लेखनमा एउटै प्रयोगकर्ताले पनि पदयोग र पदवियोगका दुवै नीति चलाइरहेकाले अबउसो लेखनगत एकरूपताका निम्ति सबै विशेषण र विशेष्यलाई छुट्टाएरै लेख्ने।  जस्तै – गाडे घाउहिँउदे मकैरात्रि सेवाशुभ विवाहशुभ कामना आदि।
१६पूर्ण द्वित्व छुट्टाएर लेख्ने। आंशिक र आपरिवर्तित द्वित्व चाहिँ जोडेर लेख्ने। जस्तै – घर घरवन वनडाँडा डाँडाआआफ्नोठुल्ठुलो,तित्तितोझझल्कोकुटकाटठोकठाकआलोपालो आदि।
१७सहायक क्रिया र दुइटा काम जनाउने क्रिया छुट्टाएर लेख्ने तर संयुक्त क्रिया वा एउटै काम जनाउने क्रिया जोडेरै लेख्ने। जस्तै – भनेको छ,लेख्दै थियोखाएका छौँपढ्दै होलीभनी सक्यो (भनेर सक्यो अर्थात् भन्ने र सक्ने दुईवटा काम गऱ्यो)गरी दियो (गरेर दियो अर्थात् गर्ने र दिने दुईवटा काम गऱ्यो)खाई हेर्छ (खाएर हेर्छ अर्थात् खाने र हेर्ने दुईवटा काम गर्छ)खाइसक्यो (खायो)ल्याइदिइसक्यो (ल्यायो)लेखिदियो (लेख्यो) आदि।

0 Response to "कालेबुङ जिल्लाबाट नेपाली भाषिक एकरुपताको अभियान सुरु ..... घोषणा पत्रहरूले नेपाली भाषा प्रयोगकर्ताहरूलाई भ्रमित तुल्यायो - सञ्जय विष्ट"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.